arrow

नाकामा जान छाडे आन्दोलनकारी

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
Naka.jpg.jpeg
गौशाला । भारतसँग जोडिएका महोत्तरीका मुख्य नाका भिठ्ठामोड, मटिहानी र सम्सीमा नाका अवरुद्ध पारेर २४ सैँ घन्टा धर्ना बस्ने गरेका मोर्चाका कार्यकर्ता अहिले नाकामा आउन छाडेका छन् ।  महिनौँदेखि जारी तराई मधेस आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै आएका मोर्चामा आबद्ध महोत्तरीका स्थानीय नेता कार्यकर्ता निरास भई नाकामा आउन छाडेका हुन् । 

गत असोज ७ देखि भारतीय सीमासँग जोडिएका महोत्तरीका मुख्य तीन नाकामा नाकाबन्दी गर्नेको भीड हेर्नलायक हुन्थ्यो । तर अहिले आएर ती नाका सुनसान देखिन थालेका छन् । साउन अन्तिम साताबाट सुरु भएको बन्द हडतालको दबाबले मधेसका सम्बोधन हुने सङ्केत नदेखेपछि मधेसी मोर्चाले असोज ७ देखि नाकाबन्दी गर्ने निर्णय गरेको थियो । 

मधेसी मोर्चाको संस्थागत निर्णयलगत्तै भारतसँग जोडिएका महोत्तरीका भिठ्ठामोड, मटिहानी र सम्सीमा नाकाबन्दी गर्ने नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति हुन्थ्यो । नाकाबन्दीमा समर्थन जनाउने गाउँगाउँबाट आएर नाकामा बस्ने गरेका थिए ।  तर अहिले ती नाकामा मोर्चाका जिल्लास्तरका नेता पनि कमै उपस्थित हुने गरेका छन् भने गाउँगाउँबाट समर्थक पनि आउन छाडेका छन् । 

चार महिनाभन्दा बढीदेखि जारी आन्दोलनका कारण थाकिसकेका नेता तथा कार्यकर्ता त्यसमाथि तराईमा खेती थन्क्याउने सिजन भएर आन्दोलनका समर्थक पनि आउन छाडेका छन् ।  यता मोर्चा सम्बद्ध केही नेताले किसानको व्यस्तता र एक्कासि चिसो बढेका कारण सीमा नाकामा आन्दोलनमा उपस्थिति कम भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ