arrow

इरानमा पक्राउ परेका नेपाली क्याप्टेन अमृत झा रिहा

स्वदेश फर्काउने तयारी शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
amrit-jha.jpg

काठमाडौँ ।  इरानमा पक्राउ परेका उदयपुरका अमृत झा रिहा भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार बुधबार उनलाई इरानी अधिकारीहरूले रिहा गरेका हुन्।

 दुबईस्थित एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत झा तेल लिएर फर्कने क्रममा इरानमा पक्राउ परेका थिए।

झालाई सुरक्षित रूपमा नेपाल फर्काउनका लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र कतारको दोहास्थित नेपाली राजदूतावासले आवश्यक समन्वय र पहल गरिरहेको मन्त्रालयले जनाएको छ। 

उनलाई के कति कारणले पक्राउ गरिएको थियो भन्नेबारे विस्तृत विवरण नखुले पनि मन्त्रालयले उनको रिहाइको पुष्टि गर्दै अबको प्रक्रिया स्वदेश फिर्तीमा केन्द्रित हुने बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ