arrow

युद्धविराम थपिएको समाचारको ह्वाइट हाउसले गर्‍यो खण्डन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
white-house.jpg

काठमाडौँ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिका र इरानबीचको वर्तमान युद्धविराम थपिएको भनी सार्वजनिक भएका रिपोर्टहरू हालका लागि सत्य नभएको स्पष्ट पारेकी छन्। बुधबार ह्वाइट हाउसमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा उनले यस्तो जानकारी दिएकी हुन्।

लेभिटले जारी वार्तामार्फत हप्तौंदेखि चलिरहेको युद्ध अन्त्य हुनेमा ट्रम्प प्रशासन आशावादी रहेको बताइन्। सम्भावित वार्ताको स्थलका बारेमा सोधिएको प्रश्नमा उनले वार्ताहरू पुनः पाकिस्तानको राजधानी इस्लामावादमा हुने प्रबल सम्भावना रहेको उल्लेख गरिन्। इस्लामावादले गत हप्ताको अन्त्यमा पनि रोकिएका वार्ताहरूको आयोजना गरेको थियो।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार नै आगामी दुई दिनभित्र पाकिस्तानमा नयाँ वार्ता हुनसक्ने सङ्केत दिएका थिए। बुधबार ट्रम्पले इरानसँगको अमेरिकी–इजरायली युद्ध अन्त्यको निकै नजिक पुगेको दाबी गरे पनि कुनै ठोस समयसीमा भने दिएका छैनन्। हाल कायम रहेको दुई हप्ताको युद्धविराम आगामी हप्ता समाप्त हुँदैछ, जसका कारण नयाँ सहमति जुटाउन दुवै पक्षमाथि दबाब बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ