arrow

प्रेमगीतमा बोल्ड पुजा(भिडियो)

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
Pooja.jpg.jpeg
काठमाडौं । बिग ब्यानर आसुसेन फिल्मस प्रोडक्सनले निर्माण गरेको फिल्म ‘प्रेमगीत’को नयाँ गीत सार्वजनिक भएको छ । फिल्मकी नायिका पुजा शर्मालाई बोल्ड सिनमा प्रस्तुत गरिएको ‘जब पुग्छु रिभरसाइट’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो । 

शुभानी मोक्तानको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । गीतमा पुजा शर्माको बोल्ड सिन हाबी  छ । नेपाली फिल्ममा ठूलो बजेट र हाई क्वालिटी दिएर सिन प्रस्तुत गर्ने फिल्मका रुपमा हेरिएको यो फिल्म माघ २९ गते रिलिज हुदैछ । 

पुजा शर्मा र प्रदीप खड्काको मुख्य अभिनय रहेको फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् । लभस्टोरी फिल्म निर्देशनमा अब्बल मानिएका निर्देशक सुदर्शन थापाद्धारा निर्देशित ‘प्रेमगित’को पछिल्लो युट्युब कभर सोङ कम्पेटिसनले युवामाझमा प्राय प्रेमी जोडीहरुले निकै नै मन पराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ