arrow

यस्तो दिए गृहमन्त्री गुरुङले स्पष्टीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
sudan-gurung-home-minister-82-12-13-final.jpg

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले २५ लाख रुपैयाँको सेयरका विषयमा बाहिर आएका चर्चाबारे, उक्त विवरण आफ्नो सम्पत्ति विवरणमै स्पष्ट रूपमा उल्लेख गरिएको बताएका छन्। 

आफ्नो सम्पत्तिबारे विभिन्न सञ्चारमाध्यममा भइरहेका टीकाटिप्पणीप्रति ध्यानकर्षण भएको जनाउँदै मन्त्री गुरुङले थप जानकारीका लागि मन्त्रिपरिषद्को वेबसाइटमा रहेको विवरण हेर्न सकिने जानकारी दिएका छन्।

मन्त्री गुरुङको सचिवालयले सार्वजनिक गरेको स्पष्टीकरणअनुसार, धितोपत्र बजारमा कारोबार हुने सेयरका साथै स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी समेत सोही विवरणभित्र समेटिएको छ। सचिवालयले भनेको छ, "सबै सेयर एउटै प्रकृतिका हुँदैनन्, दुई करोडभन्दा बढी लगानी रहेको विषय सम्पत्ति विवरणमै प्रष्ट पारिएको छ।"

यसैबीच, मन्त्री हुनुअघि नै सेयर किनिएको विषयलाई लिएर बाहिर बनाइएको नकारात्मक धारणाप्रति मन्त्री गुरुङले असहमति जनाएका छन्। उनले वैधानिक रूपमा सेयरमा लगानी गर्नु कुनै अपराध नभएको जिकिर गरे। उक्त कारोबार बैङ्किङ च्यानलमार्फत गरिएको र बैङ्कबाट गएको रकमको सबै हिसाब पारदर्शी र स्पष्ट रहेको समेत उनले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ