arrow

टी–ट्वाइन्टी समृद्ध क्रिकेट कप हुँदै

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
Cricket.jpg.jpeg
दिलिप खड्का, रुकुम । रुकुममा पहिलो पटक जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । आफ्नो संस्थाको स्थापना दिवसको अवसरमा समृद्ध समाज नेपाल रुकुमले “टि–२० समृद्ध क्रिकेट कप” संचालन गर्न लागेको हो ।  

पछिल्लो समय क्रिकेटप्रति युवा आकर्षण बढेको र जिल्लामा क्रिकेट खेलको विकास लागि क्रिकेट प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ । पुस २५ देखि २७ गते सम्म जिल्लाको पश्चिमी क्षेत्र चौरजहारीमा प्रतियोगीता संचालन हुने छ  ।  

प्रतियोगिताको विजेता समुहले नगद ३० हजारको साथमा ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्ने छ यस्तै  उप विजेताले ट्रफी, मेडल, प्रमाण पत्रको साथमा नगद १५ हजार प्रदान गर्ने संस्थाका अध्यक्ष सुवोधराज सिर्पालीले जानकारी दिए ।  

उनका अनुसार प्रतियोगितामा सेमी फाइनलसम्म पुग्ने २ समुहलाई प्रमाण पत्रको साथमा सात÷सात हजार नगद रुपैयाँ प्रदान गरीने छ । प्रतियोगिताले जिल्लामा क्रिकेट विकासको माहोल निर्माण गर्ने विश्वास लिइएको अध्यक्ष सिर्पालीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ