माछापुच्छ्रे बैङ्कद्वारा एमबिएल आइटी कर्जा सेवा बिस्तार
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
447
Shares
काठमाडौँ। डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैङ्क ले एम बि एल आइटी कर्जा नामक नयाँ कर्जा योजना अगाडी सारेको छ।
सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीहरूलाई सशक्त बनाउने लक्ष्य सहित सुरुवात गरिएको यस कर्जा योजनाले सूचना प्रविधिको क्षेत्रमा आइरहेका नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै नेपालमा विकसित हुँदै गएको सूचना प्रविधिलाई थप सुदृढ बनाउने अपेक्षा बैङ्कले गरेको छ।
साथै, यस कर्जाले नेपालका आइटी-सफ्टवेयर कम्पनीहरूलाई चालू पुँजी, पूर्वाधार तथा सञ्चालन विस्तारका लागि सहज रूपमा वित्तीय पहुँच उपलब्ध गराउने योजना राखेको छ।
यस योजना अन्तर्गत कर्जा लिनका लागि सम्बन्धित सरकारी निकायमा दर्ता भएका व्यवसायहरू मात्र योग्य हुनेछन्। यसमा आइटी-सफ्टवेयर फर्म (एकल वा साझेदारी), प्राइभेट लिमिटेड कम्पनीहरू पर्दछन् र यस्ता कम्पनीहरूले प्यान, भ्याट जस्ता कर नियमितरुपमा तिरेको हुनुपर्नेछ।
यस्ता कम्पनीहरू सफ्टवेयर विकास, आइटी आउटसोर्सिङ, आइटी सेवा,साइबर सुरक्षा, फिनटेक, एआई, मेशिन लर्निङ जस्ता क्षेत्रमा काम गर्ने हुनुपर्नेछ र कम्तीमा दुई वर्ष देखि सञ्चालनमा रहेको हुनुपर्नेछ।