arrow

प्रशिक्षक एन्रिकले बार्सिलोना छाड्दै ! किन ?

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
enrique.jpeg
नोउ क्याम्प । स्पेनिश फुटबल क्लव बार्सिलोनाका प्रशिक्षक लुइस एन्रिकले बार्सिलोना छाड्ने भएका छन् । स्पेनिश लिग ला लिगाको शीर्ष स्थानमा पुगकै दिन एन्रिकको बार्सिलोना छाड्ने निर्णय सार्वजनिक भएको हो । 
 
 
जारी सिजनको समाप्तिसंगै एन्रिकले बार्सिलोना छाड्ने निर्णय गरेका हुन् । यो सिजनमा बार्सिलोना निकै उतारचढावबीच अगाडि बढिरहेकाले एन्रिकमाथि दबाब बढेको छ । त्यही दबाब खप्न नसकी उनले बार्सिलोना छाड्ने निर्णय गरेका हुन् । 
 
तर उनले बार्सिलोना छाड्ने कारण भने आफूलाई आरामको जरुरत भएको बताएका छन् । 
 
४१ वर्षीय एन्रिक बार्सिलोना छिरेपछि बार्सिलोनाको शाख घट्दै गएको अरुको ठहर छ । तर उनले बार्सिलोनालाई दुई स्पेनिश ला लिगा उपाधि, दुई कोपा देल रे तथा एक स्पेनिश सुपर कप, च्याम्पियन्स लिग, युएफा सुपर कप र फिफा वल्ड क्लव कप जिताएका छन् । 
 
Luis Enrique has confirmed that he will leave Barcelona at the end of the season
The head coach hands out instructions to Neymar and Sergio Busquets at the Nou Camp
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ