arrow

निर्वाचन आयोगमा ८१ दलमात्र दर्ता, छुट्ने र छुटाउनेबारे आयोगले हेर्दैैन –प्रवक्ता शर्मा

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
Election_local_2074.jpeg
काठमाडौं । आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि ८१ दललेमात्र निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । बुधबारसम्मका लागि समय तोकिएकामा ८१ दलले दर्ता गराएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताएका छन् । 
 
मधेसी मोर्चामा आवद्ध अधिकांश दलले दल दर्ता गरेका छैनन् । संविधान संशोधन नगरी चुनावमा सहभागीता नजनाउने भन्दै उनीहरुले दल दर्ता नै नगरेको बताएका छन् । 
 
यता आयोग प्रवक्ता शर्माले तत्कालका लागि समय थप गरेर कसैलाई दल दर्ता गर्न दिने निर्णय नभएको बताएका छन् । उनले आयोगले छुट्ने र छुटाउने दलको पछि नलाग्ने र कानुनी प्रक्रियामा आएका दलमा केन्द्रीत हुने बताए । 
 
हाम्राकुरासंग उनले राजनीतिक सहमति भए बैशाख ३१ को सट्टा अन्य कुनै दिन पनि चुनाव हुन सक्ने भएकाले दलीय सहमतिले निर्वाचन आयोगमा दल दर्ताको समय फेरि कुनै दिन थपिन पनि सक्ने उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ