arrow

जाडोले निदाउन पनि दिएन

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
dhading_district.jpg.jpeg
मलेखु (धादिङ) । उत्तरी धादिङको तिप्लिङ गाविसको जनजीवन पुस महिना सुरु भएसँगै बढेको अत्यधिक चिसोेका कारण प्रभावित भएको छ । 

तिप्लिङ – ८ र ९ वडामा बाक्लो तुसारो परेका कारण जनजीवन कष्टपूर्ण बनेको गाउँका बिजय तामाङले बताए । तुसारोको कारण भेंडा चराउनका लागि समेत समस्या भएको छ । चिसो मौसममा गाउँ नजिकैको खर्कमा राखिएको भेंडालाई चरन क्षेत्रमा लैजान समेत समस्या भएको छ । चिसोको कारण घरपालुवा जनवारलाई समेत दानापानी दिन कठिन भएको देउमाया तामाङले गुनासो गरे । 

गाउँका सबैको घर भत्किएको छ । मानिसहरु अस्थायी शिविरमा आगो तापेर बस्नुपर्ने बाध्यता छ । चिसोको कारण बालबच्चा र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । ओढ्ने र ओछ्याउने कपडा नहँुदा राति निदाउन समेत नपाएको दमै तामाङले जानकारी दिए । 

अलि अलि भएको कपडा पनि भूकम्पको कारण पुरेको र अन्य न्यानो कपडा नहँुदा समस्यामा माथि झन् समस्या थपिएको छ । तिप्लिङ गाविसका लब्दुङ, ठूलो गाउँ, लिङ्जो लगायत स्थानमा चिसो बढेँसगै विभिन्न स्वास्थ्य समस्या देखिएको छ । निमोनिया, रुघाखोकी लगायतका स्वास्थ्य समस्या बढी देखिएको छ । उनीहरुमध्ये सुत्केरी, ज्येष्ठ नागरिक र बालबालिकामा बढी समस्या देखिएको कामी तामाङले बताए । 

भूकम्पपीडितले जाडोमा आवश्यक पर्ने न्यानो लुगा उपलब्ध गराउन माग गरेका छन् । सरकारले जाडो छल्नका लागि दिने भनेको रु १० हजार अझैसम्म पनि वितरण नगरिँदा भूकम्पपीडित कष्टकर जीवन बिताउन बाध्य भएका छन् । विभिन्न दातृ निकायले गाउँमा पु¥याउने सहयोग केही ठूलाठालुका घरमा मत्र पु¥याएको उनीहरुको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ