arrow

स्वास्थ्य मन्त्रालय अन्तर्गतका ४ उपकुलपति को को ?

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
ministry-of-health.jpeg
काठमाडौँ । सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ । सहकुलपति तथा स्वास्थ्यमन्त्री गगन थापाको संयोजकत्वमा गठित उपकुलपति छनौट समितिको सिफारिसमा प्रतिष्ठानका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले रिक्त रहेका चार वटा प्रतिष्ठानका उपकुलपति नियुक्त गरेका हुन्।
 
नयाँ नियुक्त भएका उपकुलपतीमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. आरके रौनियार, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. भरत यादव, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. बुद्धिबहादुर थापा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. राजेन्द्र वाग्ले रहेका छन् ।
 
पाटनमा १५, कर्णालीमा पाँच र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १० जनाले उपकुलपतिका लागि दरखास्त पेस गरेपछि प्रतिष्ठानका लागि छनौट समितिले तीन–तीन जना उम्मेदवारको नाम कुलपति एवं प्रधानमन्त्री दाहाल समक्ष सिफारिस गरेको थियो। स्वास्थ्य मन्त्री थापा संयोजक रहेको समितिमा स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी सदस्य थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ