arrow

पत्रकार भट्टराईलाई उत्कृष्ट युवा पत्रकारिता पुरस्कार

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
SS-Kanchanpur-N-jaysees--former-PM-2.JPG.jpeg
भीमदत्तनगर। अन्नपूर्ण पोष्ट दैनिकका नायब सम्पादक चुडामणि भट्टराईलाई नेपालमा खोजी पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पु¥याएकोमा नेपाल जेसिजद्वारा प्रदान गरिने यसवर्षको उत्कृष्ट युवा राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । शुक्रबार कञ्चनपुरको भीमदत्तनगरमा नेपाल जेसिजको ४२औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उहाँलाई नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सो पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो । 
 
त्यसैगरी नेपाल जेसिजले पत्रकारिताका अतिरिक्त खेलकुद, साहित्य, आर्थिक विकास, सामाजिक न्याय, समाजोत्थानका क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न नौजना युवा व्यक्तित्वलाई सम्मानसमेत गरेको छ ।यसरी पुरस्कृत हुनेमा सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै नेपाल परिवार नियोजन सङ्घकी केन्द्रीय अध्यक्ष अमुसिंह सिजापती, समाजोत्थान क्षेत्रबाट दीक्षा रिमाल, देशको प्रतिष्ठा बढाएको भन्दै डा पप्पु रिजाल, कलाक्षेत्रबाट रोमा न्यौपाने, आर्थिक क्षेत्रबाट दिलीपकुमार आचार्यलगायत रहनुभएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ