अमेरिकी दबाबबीच बालेन–सर्जियो गोर भेटको चर्चा, काठमाडौँमा गतिविधि बढ्यो
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
4.4k
Shares
तस्बिर : फाइल
काठमाडौँ। अमेरिकी अधिकारी सर्जियो गोरको काठमाडौँ बसाइ लम्बिएको र आज गोप्य भेटघाटको तयारी भइरहेको चर्चाले नेपालको राजनीतिक वृत्त र कूटनीतिक वृत्तलाई तताएको छ। स्रोतका अनुसार, हिजो राति दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको गोरले आफ्नो यात्रा लम्ब्याएर अझै काठमाडौँमै रहेका छन्।
उता, प्रधानमन्त्री बालेन साहमाथि गोरसँग भेटघाट गर्न नेपालस्थित अमेरिकी अधिकारीहरूले दबाब बढाएको बताइएको छ। आजै गोर र बालेनबीच प्रधानमन्त्रीको सरकारी निवास वा कुनै होटेलमा गोप्य भेट हुने सम्भावना रहेको स्रोतले दाबी गरेको छ।
स्रोतहरूका अनुसार, अमेरिकी पक्षबाट बालेनलाई भेटका लागि निरन्तर दबाब दिइँदै आएको छ। यसबीच, बालेन यस्तो दबाबलाई सामना गर्न कठिनाइमा परेको सङ्केत पनि देखिएको छ। यद्यपि, यसबारे आधिकारिक पुष्टि भने भइसकेको छैन। बालेनको सचिवालय वा अमेरिकी दूतावासले पनि यस विषयमा कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने अमेरिकी अधिकारी गोरसँग भेट गरेका छन्।