arrow

क्यारेबियन क्षेत्रमा अमेरिकी सेनाको कारबाही

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
carebin-attack.jpg

काठमाडौँ । अमेरिकी सेनाको ‘सदर्न कमान्ड’ ले क्यारेबियन समुन्द्री क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न एक जहाजमाथि सैन्य आक्रमण गरेको छ। ‘जोइन्ट टास्क फोर्स सदर्न स्पियर’ द्वारा सोमबार गरिएको उक्त कारबाहीमा दुई जना ‘नार्को–आतंककारी’ मारिएको कमान्डले पुष्टि गरेको छ।

अमेरिकी सेनाको सदर्न कमान्डले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएको जानकारी अनुसार, उक्त जहाज ‘सूचीकृत आतंकवादी संगठन’ द्वारा सञ्चालन गरिएको थियो। गुप्तचरी सूचनाका आधारमा सो जहाज क्यारेबियन क्षेत्रमा लागुऔषध ओसारपसारका लागि प्रयोग हुने निश्चित मार्गहरूमा सक्रिय रहेको पुष्टि भएपछि आक्रमण गरिएको हो। कमान्डले उक्त कारबाहीको एक भिडियो समेत सार्वजनिक गरेको छ, जसमा ’नाइट भिजन’ प्रविधिमार्फत जहाजलाई निसाना बनाइएको देखिन्छ।

मारिएका दुवै व्यक्ति लागुऔषध तस्करी र आतंकवादी गतिविधिमा संलग्न रहेको अमेरिकी दाबी छ। अमेरिकी सेनाले यस क्षेत्रमा लागुऔषध तस्करी र आपराधिक सञ्जाललाई निरुत्साहित गर्न आफ्नो सक्रियता बढाउँदै लगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ