arrow

पोलियो खोप रोक्ने स्वास्थ्यकर्मीहरुको 'तालिवानी' शैली

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
polio-stop.jpeg
काठमाडौ। पोलियो खोपलाई प्रभावित गर्ने, खोपका सरसामानहरु ओसारपसार गर्ने सवारीसाधनहरुलाई अवरोध गर्ने क्रियाकलाप गरि स्वास्थ्यकर्मीहरुले नेपालमा पनि विरोधको 'तालिवानी' शैली देखाउन लागेका छन् ।  स्वास्थ्यकर्मीहरुको अवरोधका कारण तराईका १२ र काठमाडौ उपत्यकाका ३ जिल्ला गरी १५ जिल्लामा यसअघी हुन नसकेको पोलियो खोप कार्यक्रम रोक्न यसपटक पनि स्वास्थ्यकर्मीहरु लागेपछि उनिहरु तालिवानी शैलीको विरोधको सर्वत्र विरोध हुन लागेको हो । 
 
शनिबार र आईतबार कैलाली, बर्दिया, बाँके, कपिलबस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिराह, सुनसरी, काठमाडौ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।
 
फागुन २१ र २२ गते संचालन हुने भनिएको पोलियो खोप कार्यक्रमलाई प्रभावित पार्न अहिले स्वास्थ्यकर्मीहरु नै लागेपछि उनीहरुको सर्वत्र विरोध भइरहेको छ । अफगानिस्तानमा समेत तालिवानी आतंकवादीहरुले नगर्ने व्यवहार स्वास्थ्यकर्मीहरुले गरेको भन्दै नागरिकहरु आक्रोशित भएका छन् । आम सर्वसाधारण समेत स्वास्थ्यकर्मीहरुको हर्कत सह्य नभएको बताउँछन् । आन्दोलनका नाममा अवोध वालवालिकाहरुलाई दिइने पोलियो खोप रोक्नलाई देखाइएको तालिवानी शैलीको विरोधलाई कुनै पनि हालतमा स्विकार्न नसकिने जनकपुरका स्थानिय दिपेन्द्र चौधरीले बताए । 
 
संसारबाट उन्मुलन हुन लागेको पोलियो थोपा ५ वर्ष मुनीका बालबालिकालाई खुवाउनका लागि स्वास्थ्य मन्त्रालयले तोकेको मितिमा स्वास्थ्यकर्मीहरुले स्वतस्फूर्त रुपमा सफल बनाउनुपर्नेमा स्वयं स्वास्थ्यकर्मीहरुबाट पोलियो थोपा खुवाउने कार्यलाई रोक्ने कुरा कल्पना समेत गर्न नसकिने उनको भनाई छ । 
 
आधारभूत स्वास्थ्य सेवा पाउने नागरिकको मौलिक हक भएको पर्साका अर्का स्थानिय सञ्जिव पटेलले बताए । स्वास्थ्य सेवा सरकारको अत्यावश्यक सेवा भित्र पर्ने कारणले पनि कसैको आन्दोलनका नाममा पोलियो खोप प्रभावित हुन नहुने उनको भनाइ छ । ५ वर्ष मुनीका बालबालिकालाई दिइने पोलियो थोपा खुवाउने कार्य रोक्नु संविधान र ऐनको बर्खिलाप हुने भएकोले अवरोध सिर्जना गर्नेलाई सामान्य मानवीयताको हिसाबले समेत यो क्षमा दिन नहुने बताए । 
 
स्वास्थ्य सेवाहरु निर्वाध रुपले संचालन गर्न मन्त्रीको आह्वान
यसैबीच स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य सेवाहरु निर्वाध रुपले संचालन गर्न स्वास्थ्यकर्मीहरुलाई आह्वान गरेका छन् । मन्त्री थापाले शुक्रवार विज्ञप्ती जारी गर्दै मन्त्रालय अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ ख.को विशेष पदस्थापनाको विषयमा रहेको असमझदारीलाई लिएर स्वास्थ्य संस्थाहरुमा भएको तालाबन्दीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।  
 
बर्षौदेखि ऐनको उक्त दफा कार्यान्वयन नभईरहेका बेला आफु स्वास्थ्य मन्त्रालयको जिम्मेबारी सम्हालेपछि ऐनको उक्त दफा स्वास्थ्यकर्मीहरुको वृत्ति विकासमा बाधकको रुपमा रहेको महशुस गरी समस्या समाधानका लागि आफुले विभिन्न थप कार्यहरु गरेको उनले स्मरण गराएका छन् । 
 
उनले ९ ख. कार्यान्वयनका लागि पुल दरबन्दी सृजना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको र ऐनको दफा ९ ख. बमोजिम स्तर वृद्धि भएका स्वास्थ्यकर्मीहरुको दीर्घकालीन समस्या समाधानका लागि ऐन संशोधन गर्ने सैद्धान्तिक सहमति मन्त्रिपरिषदबाट प्राप्त भई ऐन संशोधन मस्यौदा समितिलाई कार्य जिम्मेवारी समेत दिइसकिएको जानकारी दिए । 
 
आगामी ३ महिना भित्रमा संशोधित ऐनको मस्यौदा व्यवस्थापिका संसदमा पेश गरी सम्पूर्ण समस्याको समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री थापाले विज्ञप्तीमा उल्लेख गरेका छन् । मन्त्री थापाले स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थामा लगाएको ताला तत्काल खोली निर्विवाद रुपमा पोलियो लगायत नागरिकहरुले पाउने सवै स्वास्थ्य सेवालाई सुचारु गर्ने अपेक्षा समेत गरेका छन् । 
 
पोलियो खोपका लागि गृह मन्त्रालयको सहयोग लिदै
स्वास्थ्य संस्थाहरुलाई निर्वाध रुपमा संचालन गर्नु मन्त्रालयको कर्तव्य भएकाले उक्त कर्तव्य पूरा गर्न मन्त्रालयले जुनसुकै कदम चाल्न समेत बाध्य हुने मन्त्री थापाले भनेका छन् । मन्त्रालयले सेवा अवरोध भएका ठाउहरुमा सुरक्षा व्यवस्था गरी सेवा सुचारु गराउन सहयोग गर्न गृह मन्त्रालयलाई पत्राचार समेत गरेको छ । स्वास्थ्य संस्थाहरुको तालाबन्दी खोली पोलियो खोप कार्यक्रम सुचारु गर्ने कार्यमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ