एजेन्सी । पाकिस्तानी अभिनेत्री तथा गायिका रबि पीरजादाले बलिउड र सलमान खान माथि गम्भीर आरोप लगाएकी छन् । रबिका अनुसार बलिउड खास गरेर सलमानको चलचित्रले पाकिस्तानी युवाको भविष्य बर्बाद पारेको बताएकी छन् उनले सो कारण पाकिस्तानमा अपराध बढेको पनि सलमान माथि आरोप लगाइन् ।
रबिले सो आरोप लाहोरमा प्रेस कन्फ्रेन्सको क्रममा लगाएकी हुन् । उनि आफ्नो अगामि चलचित्रको प्रमोशनमा रहेकी छन् । अभिनेत्री रबिले भनिन् , "बलिउडमा रिलीज हुने हरेक चलचित्र अपराध र अपराधिक क्रियाकलापमा आधारित हुन्छन् । खास गरेर सलमान खानको हरेक चलचित्रमा यस प्रकारको गतिबिधि हेर्न सकिन्छ ।"
"मेरो प्रश्न यो हो कि इन्डियन फिल्म मेकर्स युवाहरुलाई के सिकाउदै छन् ? सामाजिक समस्यालाई उठउने र म्यासेज दिने खालको चलचित्रमा पाकिस्तानी चलचित्र एक समय सबै भन्दा माथि थियो । हामि हाम्रो चलचित्रको माध्यमबाट समाजलाई सन्देश दिइहेका थियौ । तर बलिउडले सबै कुरा बगार्यो ।"
रबि पाकिस्तानी टिभिमा 'किस्सा कुर्सी का' र ' वाट्स अप विद् रबि ' को प्रस्तोता हुन् । रबिको दुई चलचित्र 'शोर शराबा' र 'प्यार की अफआइआर ' २०१७ मा रिलीज हुदैछ ।