arrow

भिनाजुले हाने आफ्नै सालोमाथि चक्कु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
hatya-murder.jpg

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–३ थानकोटमा घरायसी विवाद उग्र बन्दा एक युवकको ज्यान गएको छ। महोत्तरी घर भई हाल थानकोट बस्दै आएका भिनाजु समी अहमदले आफ्नै सालो जाकिर मन्सुरीमाथि चक्कु प्रहार गर्दा मन्सुरीको मृत्यु भएको हो।

गएराति उनीहरूबीच घरायसी विषयलाई लिएर विवाद बढेको थियो। सोही क्रममा अहमदले मन्सुरीमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएका मन्सुरीको ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार चक्कु प्रहार गर्ने अभियुक्त भिनाजु समी अहमदलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। मृतक मन्सुरीको शव परीक्षण (पोस्टमार्टम) का लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयू टिचिङ हस्पिटल) पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ