arrow

काठमाडौंमा मोर्चाका नेता छलफलमा; नाका बन्द गर्न गएका महतो भने कुटिए

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
Morcha.jpg.jpeg
काठमाडौं। मधेसको समस्यालाई निकास दिन काठमाडौंमा प्रमुख प्रतिपक्षी दल काँग्रेस र सत्तारुढ दलहरुसँग पनि बार्तामा रहेका नेताहरुभन्दा फरक रुपमा उभिदै आएका मधेशी मोर्चाका नेता अध्यक्ष राजेन्द्र महतो विराटनगरमा झडपमा परेका छन्। उनले केहि कार्यकर्ताहरुलाई लिएर विराटनगरको रानी भन्सार अवरुद्ध गर्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो। त्यसपछि भएको तनावमा बिराटनगरको रानी भन्सारमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। झडपका क्रममा महतो समान्य लाठीचार्जमा परेका थिए। लाठी चार्जपछि महतो जोगवनीतर्फ गएका थिए। 
 
सद्भावना पार्टीका अध्यक्ष महतो भारतको जोगवनीतर्फबाट नाराबाजी गर्दै आएका थिए। उनलाई रोकेर प्रहरीले पक्राउ गर्न खोजेपछि सीमा नाका तनावग्रस्त भएको हो। भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीलाई ढुंगा हान्नेहरुलाई भारतीय सीमा सुरक्षा बलले हटाएको छ ।। उनले विराटनगरमा तनाव सिर्जना गरिरहँदा काठमाडौंमा भने मोर्चाका नेता विभिन्न पार्टिका नेताहरुसँग छलफलमा व्यस्त रहेका छन्। 
 
मधेसको समस्यालाई निकास दिन काठमाडौंमा मधेशी नेताहरु काँग्रेसका नेताहरुसँग बार्तामा रहेका बेला उनी भने काठमाडौंमा समेत नआइ तराइ मधेशको आन्दोलन उचाल्न व्यस्त रहेका छन्। उनी भारतीय नेताहरुसँग भेटको लागि दिल्ली जाँदा पनि काठमाडौं नआइ तराई हुँदै दिल्ली पुगेका थिए।
 
काठमाडौमा काग्रेस  र मधेसी मोर्चाको वार्ता लग्तै सो बैठकमा एमाओवादी पनि थपिएको छ । काग्रेस सभापति सुशिल कोइरालाको निवास माहराजगन्जमा भइरहेको वार्ता मधेस समस्या समाधानको लागि निर्णायक हुने अपेक्षा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ