arrow

मुलुकको समस्या समाधान काँग्रेसले गर्छ : नेता पौडेल

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
Ramchandra.jpg.jpeg
श्रीकृष्ण सिग्देल, स्याङ्जा ।नेपाली काँग्रेसको १३ औं महाधिवेसन नजिकिदै गर्दा कार्यकर्ता भेटघाटका लागि देश दौडाहामा रहेका नेपाली काँग्रेसका केन्द्रिय उपसभापति रामचन्द्र पौडेलले मुलुकको समस्या समाधान नेपाली काँग्रेसले नै गर्ने बताएका छन् । नेपाली काँग्रेस स्याङ्जाका तिनओटै क्षेत्रिय कार्यकर्ता भेटघाट कार्याक्रममा नेता पौडेलले नेपालका बामपन्थीहरु समस्यामात्रै उत्पादन गर्ने पाटीहरु भएको आरोप लगाए । बामपन्थी शक्तिहरु समस्या मात्रै उत्पादन गर्छन् नेता पौडेलले भने, समस्याको समाधान नेपाली काँगेस पार्टीले मात्रै गर्छ । 
 
मधेश आन्दोलन पनि समस्याको बाधक भएको भन्दै यो समस्या उत्पादन गर्ने बामपन्थीहरुनै भएको पौडेलको आरोप छ । सबैलाई समेट्ने खालको लोकतान्त्रिक संविधान नेपाली काँग्रेसकै नेतृत्वमा जारी भएको उल्लेख गर्दै नेता पौडेलले भने काँग्रेसकै नेतृत्वमा संविधान कार्यन्वयन हुने बताए । मधेशमा चलिरहेको आन्दोलन प्रति लक्षित गर्दै काँग्रेसका उपसभापति पौडेलले मधेशवादी मोर्चा सगँ बार्ता गर्ने हैसियत काँग्रेस सग मात्रै रहेको बताए । मधेशवादी मोर्चा सगँ सहमति र सम्झौता हुँदा काँग्रेस सरकारमा हुदा सदनमा पेश गरेको संविधान संशोसधन बाटनै मुलुकको समस्या समाधान हुने पौडेलले बताए । 
 
काँग्रेसको १३ औं महाधिवेसनले कुशल र कार्यकर्ताको मुल्याङ्कन गर्ने नेतृत्व चयन गर्नुपर्ने पौडेलको भनाई छ । आफुले पाटीको नेतृत्व लिनका लागि आफ्ना केही सहकर्मी साथीहरु सगँ छलफल भएको खुलासा गरे । यो महाधिवेसनबाट आफु नेतृत्वका लागि पछाडी नहट्ने समेत स्याङ्जाका कार्यकर्ताहरुलाई पौडेलले प्रष्ट पारे । कार्यकर्ताको मुल्याङ्कन नभएका कारण नै काँग्रेस भित्र गुट उपगुटको सिर्जना भएको उल्लेख गर्दै नेता पौडेलले गुटउपगुटको अन्त्यका लागि आफ्नो उमेदवारी सभापतिमा हुन लागेको बिषय घुमाउरो तवरले उल्लेख गरे ।  कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले सत्ता र सदनको दुरुपयोग सत्ता साझेदर नेकपा एमाले र माओवादीले गरेको आरोप लगाए । मुलुकको समस्या सुल्झाउनुको साटो समस्याको बाधक बनदै सरकारमा मन्त्री भर्ति गर्ने र मन्त्रालय पुटाल्ने बाटोमा लागेको आरोप लगाए । पाटीमा देखिएको गुटउपगुटले पाटीको भविश्य समाप्त हुन लागेको भन्दै काँग्रेसका जिल्लातहका नेताहरुले यसको अन्त्य गर्नुपर्ने बताएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ