arrow

नाका खुल्ने सकारात्मक सङ्केत देखिएको महराको विश्वास

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
Krishna_Bdr_Mahara.jpg.jpeg
पोखरा । एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव कृष्णबहादुर महराले तीन महिनादेखि जारी नाकाबन्दी खुल्ने सकारात्मक सङ्केत देखिएको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कास्कीको २०औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले पार्टी अध्यक्षको पहलमा नाका खुलाउन सक्रिय प्रयास जारी रहेको बताउनुभयो । 
 
संविधान सबै राजनीतिक दलको सम्झौताको दस्तावेजसमेत भएको चर्चा गर्दै उहाँले यसमा केही कमीकमजोरी भएको र अपेक्षाअनुसार सबैका मागलाई समेट्न नसकिएको धारणा राख्नुभयो । कार्यक्रममा सांसद तेजकुमारी पौडेल, पार्टीका जिल्ला अध्यक्ष दीपक कोइराला, नेताहरू झलकपाणि तिवारी, सम्मेलन आयोजक समितिका अध्यक्ष कृष्ण दाहाल, पारसमणि पौडेललगायतले संविधानको कार्यान्वयनमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गनुपर्नेमा जोड दिनुभएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ