एनआईसी एशिया बैङ्कद्वारा वीरेन्द्रनगर, सुर्खेतस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग हस्तान्तरण
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १२ मंगलबार
223
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्याङ्की तथा मोटर जडान गरेको छ। विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैङ्कले पानी ट्याङ्की तथा मोटर जडान गरेको हो।
१६७ भन्दा धेरै विद्यार्थीहरूले पठनपाठन गरिरहेको यस विद्यालयका लागि यस बैङ्कका कर्णाली सर्कल हेड जीवन शाहीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीला सुनारलाई २०८३ ज्येष्ठ ८ गते एक कार्यक्रमका बीच पानी ट्याङ्की तथा मोटर जडान गरी हस्तान्तरण गरेका हुन्। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १ का वडा अध्यक्ष दिनेश खत्री, उक्त विद्यालयका व्यवस्थापन समितिका प्रतिनिधिहरू, शिक्षक तथा शिक्षिकाहरू, विद्यार्थीहरू र बैङ्कका तर्फबाट बैङ्कका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैङ्कले उपलब्ध गराएको उक्त सहयोगले विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन अझ प्रभावकारी हुनुको साथै विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्य तथा शैक्षिक वातावरणमा अझ सहजता हुने बैङ्कले विश्वास लिएको छ।