arrow

मन्त्री सापकोटाले भने 'सङ्कटका बेला हात्ती महोत्सव आयोजन राम्रो सन्देश'

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
ND-Chitwan-Hatti-Mahotsab-(2).JPG.jpeg
रत्ननगर (चितवन)। ‘समाज संरक्षण र समृद्धि’ भन्ने मूल नाराका साथ चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट १२ औँ चितवन हात्ती महोत्सव सुरु भएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा बाघमारा चौरमा सुरु भएको महोत्सवको वन तथा भूसंरक्षण मन्त्री अग्नि सापकोटाले उद्घाटन गर्दै देश सङ्कटमा परेको बेला महोत्सव आयोजना हुनुले नेपालको राम्रो सन्देश गएको बताउनुभयो । 
 
उहाँले पर्यटन क्षेत्रले ठूलो क्षति भोगेकाले पर्यटन क्षेत्रको विकासका लागि सरकार लागि पर्ने पनि बताउनुभयो । हालै सरकारले चीनका पर्यटकलाई फ्रि भिसा दिने निर्णयले नेपालको पर्यटनमा ठूलो योगदान दिने बताउँदै नेपाल जस्तोसुकै कठिनाई भोग्नुपरे पनि तयार रहेको बताउनुभयो । 
 
हाल भइरहेको मधेस आन्दोलनबारेमा मन्त्री सापकोटाले नयाँ संविधानमार्फत पहिचान स्थापित भइसकेकाले मधेसी मोर्चाको माग नै स्पष्ट नभएको टिप्पणी गर्नुभयो । वन तथा भूसंरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले मौसम परिवर्तनले वन्यजन्तुमा समस्या उत्पन्न गराउने भन्दै वन जङ्गल संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । 
 
महोत्सवमा हात्तीको दु्रतगतिको हिँडाई, हात्तीका छावाहरूको रोमाञ्चकारी फुटबल, गाडा दौड, टाँगा दौड, डुँगा दौड, हात्ती सुन्दरी प्रतियोगितालगायतका कार्यक्रम हुनेछन् । महोत्सव यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ