arrow

प्रहरी कुटाइबाट टाउकोमा चोट लागेका सद्भावना अध्यक्ष महतो अस्पताल भर्ना

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
rajendra-mahato.jpg.jpeg
विराटनगर। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टाउकोमा गम्भीर चोट लागेपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना हुनुभएको छ । विराटनगरको रानी भन्सार अगाडि मालबाहक गाडीलाई अवरोध गर्न मधेसी मोर्चाका कार्यकर्तासहित बसिरहेको अवस्थामा प्रहरीले धर्नास्थलबाट हटाउन खोजेपछि झडप भएको थियो । झडपका क्रममा उहाँको टाउकोमा चोट लागेको छ । प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार उहाँको अवस्था सामान्य रहेको छ । उक्त घटनामा ११ जना मोर्चाका कार्यकर्ता र एक प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो क्रममा पाँचजना प्रर्दशनकारीलाई पक्राउसमेत गरिएको छ । 
 
मधेसको समस्यालाई निकास दिन काठमाडौंमा प्रमुख प्रतिपक्षी दल काँग्रेस र सत्तारुढ दलहरुसँग पनि बार्तामा रहेका नेताहरुभन्दा फरक रुपमा उभिदै आएका मधेशी मोर्चाका नेता अध्यक्ष राजेन्द्र महतो विराटनगरमा झडपमा परेका हुन्। उनले केहि कार्यकर्ताहरुलाई लिएर विराटनगरको रानी भन्सार अवरुद्ध गर्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो। त्यसपछि भएको तनावमा बिराटनगरको रानी भन्सारमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। लाठी चार्जमा परि घाइते महतो जोगवनीतर्फ गएका थिए। पछि उनलाई उपचारका लागि नेपालनै ल्याइ गोल्डेन अस्पतालमा भर्ना गरिएको हो। 
 
सद्भावना पार्टीका अध्यक्ष महतो भारतको जोगवनीतर्फबाट नाराबाजी गर्दै आएका थिए। उनलाई रोकेर प्रहरीले पक्राउ गर्न खोजेपछि सीमा नाका तनावग्रस्त भएको थियो। भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीलाई ढुंगा हान्नेहरुलाई भारतीय सीमा सुरक्षा बलले हटाएको थियो। उनले विराटनगर रानी भन्सार नाकामा अवरोध सिर्जना गर्ने कार्यक्रमको नेतृत्व गरिरहँदा काठमाडौंमा भने मोर्चाका नेता विभिन्न पार्टीका नेताहरुसँग छलफलमा व्यस्त थिए। 
 
मधेसको समस्यालाई निकास दिन काठमाडौंमा मधेशी नेताहरु काँग्रेसका नेताहरुसँग बार्तामा रहेका बेला उनी भने काठमाडौंमा समेत नआइ तराइ मधेशको आन्दोलनमा व्यस्त रहेका थिए। उनी भारतीय नेताहरुसँग भेटको लागि दिल्ली जाँदा पनि काठमाडौं नआइ तराई हुँदै दिल्ली पुगेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ