arrow

एनआईसी एशिया बैङ्कको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख लगानी सुनिश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
nic-asia-financing-phalakhu-khola-hydro-may-2026.jpg

काठमाडौँ। एनआईसी एशिया बैङ्कले आफ्नो लगानी पोर्टफोलियो विविधीकरण गर्ने क्रममा जलविद्युत क्षेत्रमा लगानी विस्तार बढाएको छ। यस क्रममा बैङ्क र रसुवा हाइड्रोपावर लिमिटेडबीच नौकुण्ड गाउँपालिकास्थित, रसुवा जिल्लामा रहेको ७.२९ मेगावाट जलविद्युत उत्पादन क्षमता भएको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

एक कार्यक्रमकाबीच उक्त समझदारी पत्रमा बैङ्कका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र रसुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका हुन्।

नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन लक्ष्यलाई सहयोग पुर्‍याउँदै दिगो ऊर्जा विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको यस जलविद्युत आयोजना दुई वर्षमा सम्पन्न गर्दै वार्षिक करिब ३८.७४ GWh विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

यस बैङ्कको नेतृत्वमा लगानी सुनिश्चित भएको यस जलविद्युत आयोजना निर्माण सम्पन्न पश्चात् मुलुकमा स्वच्छ ऊर्जा उत्पादन भई मुलुकको आर्थिक वृद्धि र स्वच्छ वातावरणीय पक्षमा समेत विशेष टेवा पुग्ने बैङ्कले विश्वास लिएको छ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ