arrow

नेपाल–भारत भिडन्त, सेमिफाइन पुग्न नेपाललाई जित्नैपर्ने दबाब

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
Nepal-vs-india.jpg.jpeg
काठमाडौं । भारतको केरलामा जारी ११औं साफ च्याम्पियनसीप फुटबलमा  नेपाल र उपाधि दावेदार भारत भिड्दैछन् । साँझ पौने सात बजे त्रिबेन्द्रममा हुने खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ । यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा हुने छ । समूह ए को अन्तिम खेलमा नेपाल र भारत खेलेसंगै सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लाग्नेछ । 
 
भारत र श्रीलंकाले एक–एक खेल जित्दा नेपाल कठिन अवस्थामा छ । पहिलो खेलमा श्रीलंकासंग पराजित भएको नेपाल अंकविहीन छ । नेपालले भारतलाई पराजित गरे मात्रै सेमिफाइनलमा पुग्ने तय हुने छ । साफ च्याम्पियनसिपमा नेपाल हालसम्म सेमिफाइन भन्दा माथि उक्लिन सकेको छैन ।
 
यसपटक नयाँ खेलाडीले भरिएको नेपालबाट अघिल्लो चरण प्रवेशको अपेक्षा गरिएको थियो । जस कारण नेपाललाई भारत विरुद्धको खेल जित्नै पर्ने दबाब छ । नेपाली टिमका कप्तान अनिल गुरुङ्गले कठिन भए पनि कुनै पनि हालतमा भारतविरुद्ध जित दर्ता गर्ने दृढता राखेका छन् । भारतविरुद्ध गोल गर्दै नेपाल गोल खडेरी चिर्न चाहन्छ । नेपालले पछिल्ला ११ खेलमा गोल गर्न सकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ