arrow

फरक प्यानलका एक्ला विजयी पदाधिकारी पोखरेलद्वारा धन्यवाद ज्ञापन

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
bishnu.jpeg
काठमाडौं । फरक प्यानलबाट एक मात्र विजयी भएका काँग्रैसी प्राध्यापकहरुको संगठन नेपाल प्रजातन्त्रबादी प्राध्यापक संघका सचिव डा विष्णुप्रसाद पोखरेलले विज्ञप्ती नै जारी गरी मतदाताहरुलार्इ धन्यवाद ज्ञापन गरेका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको चौथो महाधिवेशनमा आफूलाई सचिव पदमा विजयी गराउन विभिन्न तरिकाले सहयोग गरेका सवैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै उनले कुनैपनि लोकतान्त्रीक संगठनमा निर्वाचन हुनु र हार÷जित हुनु स्वभाविक कुरा रहेकोले यसलाई सहज रुपमा लिनु पर्ने बताएका छन्।
 
'निर्वाचनमा सवैको जित सम्भव थिएन । हामी उम्मेदबारहरु मध्ये केही साथी विजयी भयौ भने धेरै साथीहरु परिजित हुनु पर्यो । निर्वाचनमा भएको पराजय सधैका लागि पराजय होईन । निर्वाचनले जे जस्तो परिणाम दिएको छ, त्यसलाई आत्मसाथ गरी सवैले एक अर्कोको अस्तीत्व स्विकार गर्दै अगाडी बढ्नु अव हामी सवैको कर्तव्य हो ।' उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 
 
उनले संगठन बलियो भयो भने सवै बलियो हुने भन्दै सवै भन्दा पहिला संगठनलाई बलियो बनाउँदै पेशागत हकअधिकार र प्राज्ञिक मर्यादा बढाउन एकजुट भएर लाग्ने बेला आएको बताएका छन्। उनले महाधिवेशनमा विषेशगरी महाधिवेशनमा पार्टीका शीर्ष नेताहरु, संघका अविभावकहरु, महाधिवेशन प्रतिनिधिहरु तथा अन्य सहयोगी तथा सुवेच्छुकहरुको अतुलनीय भुमीका रहेको भन्दै अत्याधिक मतका साथ सचिव पदमा निर्वाचित गराएकाले मतदाताले दिएको जिम्मेबारी अनुसार संघको उद्धेश्य पुरा गर्न आफ्नो तर्फबाट भरमजदुर प्रयास गर्ने प्रतिवद्धता पनि पोखरेलले व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ