एनआईसी एशिया बैङ्कको सञ्चालक समितिको अध्यक्षमा, अशोक कुमार अग्रवाल नियुक्त
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
225
Shares
काठमाडौँ। एन आई सी एशिया बैङ्क लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा श्री अशोक कुमार अग्रवालज्यू नियुक्त भएका छन्। मिति २०८३ / २ / १८ गते सम्पन्न २८औँ वार्षिक साधारण सभाले संस्थापक सेयर धनीहरूको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले वहाँलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो।
नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालले सोही दिन नेपाल राष्ट्र बैङ्कका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलज्यूबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
अध्यक्ष अशोक कुमार अग्रवालले नेपालको बैङ्क तथा वित्तीय क्षेत्र, बिमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका छन्। उच्च नेतृत्वदायी क्षमता, दूर दृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिक योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैङ्कले उच्चतम उपलब्धिहरू हासिल गर्दै बैङ्कलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्याउने विश्वास लिइएको बैंकले जनाएको छ।