arrow

न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरुरी: प्रधानन्यायाधीश शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
manoj-kumar-sharma-05-02.jpg

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले देशको न्याय प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउन बार (कानून व्यवसायी) र बेन्च (न्यायाधीश) बीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। सर्वोच्च अदालत बार एसोसिएसनले आज आयोजना गरेको आफ्नो स्वागत तथा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बिदाइ कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश शर्माले न्याय क्षेत्रको समग्र सुधार र सहज न्याय सम्पादनका लागि बार र बेन्चको आपसी सहकार्य अपरिहार्य रहेको बताए। "विधिको शासन, संविधानको सर्वोच्चता र मानव अधिकारको संरक्षणमा सर्वोच्च बारको भूमिका सधैँ महत्त्वपूर्ण हुन्छ," प्रधानन्यायाधीश शर्माले भने, "त्यसैले बेन्च र बारले एकापसमा परिपूरकका रूपमा मिलेर काम गर्नुपर्छ।"

यसै गरी बिदाइ भई जान लागेका पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बार र बेन्चबीचको सुमधुर सम्बन्ध विगतदेखि नै एउटा सुन्दर परम्पराका रूपमा रहिआएको स्मरण गरे। उनले सर्वोच्च अदालतमा मुद्दाको सङ्ख्या लगातार बढ्दै गइरहेको तर्फ ध्यान आकर्षण गराउँदै आगामी दिनमा पुराना र नयाँ मुद्दाको चापलाई घटाउनेतर्फ विशेष ध्यान दिन सुझाव दिए।

कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले न्यायपालिकाभित्रको विकृति, विसङ्गति अन्त्यका लागि न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनलाई तत्काल र पूर्ण रूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ