काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडद्वारा जारी गरिएको “८.२५% माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर” नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
बैङ्कले जारी गरेको उक्त अग्राधिकार शेयर कुल ३ करोड कित्ताको रहेको छ। प्रत्येक शेयरको अङ्कित मूल्य रु. १०० र कुल निष्कासन मूल्य रु. ३ अर्ब रहेको छ । शेयरको संकेतांक एमबीएलपीएनपी रहेको छ।
उक्त शेयर मिति २०८२-०२-१९ गते नेप्सेमा सूचीकृत भएको हो। सूचीकृत शेयर मिति २०८३-०२-२० गतेदेखि धितो पत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध हुने जानकारी बैङ्कले दिएको छ।
यस शेयरको सूचीकरणसँगै बैङ्कले पुँजी संरचना सुदृढ गर्न र लगानीकर्ताहरूलाई थप अवसर प्रदान गर्न सफल भएको छ।