arrow

महतो बिराटनगरमा स्वास्थ्यलाभ गर्दै; महतोकै समर्थनमा जनकपुरमा तनाव

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
Lathi-Julus.jpg.jpeg
जनकपुर। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले कुटपीट गरेर घाइते बनाएको भन्दै जनकपुर विहानैदेखि तनावग्रस्त भएको छ। 
 
टाउकोमा गम्भीर चोट लागेर विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना महतोको समर्थनमा जनकपुरका मोर्चा सम्वद्ध कार्यकर्ताहरुले प्रदर्शन गरेका छन। उनीहरुले हातहातमा लाठी बोकेर प्रदर्शनमा भाग लिएका छन्। मोर्चाका कार्यकर्ताहरु विहानैदेखि चोकचोकमा लाठी बोकेर प्रदर्शनमा उत्रिएका हुन्। 
 
जनकपुरका सम्पूर्ण शिक्षण संस्था समेत बन्द गरिएका छन् । शिक्षण संस्था बन्द गरिएपछि विद्यार्थीहरु पनि सडकमा उत्रिएका छन्। विराटनगर घटनालाई लिएर मोर्चाको कडा प्रतिक्रिया आएपछि मोर्चाका कार्यकर्ताहरु आन्दोलित भएका हुन्। 
 
विराटनगरको रानी भन्सार अगाडि मालबाहक गाडीलाई अवरोध गर्न मधेसी मोर्चाका कार्यकर्तासहित शनिवार महतो त्यहाँ धर्नामा थिए। उनी सहित त्यहाँ बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई धर्नास्थलबाट हटाउन खोजेपछि झडप भएको थियो । झडपका क्रममा उनको टाउकोमा चोट लागेको थियो। 
 
प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार उहाँको अवस्था सामान्य रहेको र उपचार भइरहेको छ । उक्त घटनामा ११ जना मोर्चाका कार्यकर्ता र एक प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो क्रममा पाँचजना प्रर्दशनकारीलाई पक्राउसमेत गरेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ