arrow

दृष्टिबिहिन पढ्ने विद्यालयमा एक करोडको भवन बन्दै

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
DSC06763.JPG.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । गोर्खा वेल्फेयरले पाँचथरको सदरमुकाम फिदिम स्थित दृष्टिविहिन अध्ययन गर्ने गढी माविलाई ८ कोठे पक्की भवन निर्माण गरिदिने भएको छ । भवनको आज विहान आयोजित एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरले शिलान्यास गरे ।

शिलान्यास पछि वोल्दै प्रजिअ घिमिरेले भवन निर्माण गरिदिने गोर्खा वेल्फेयर स्कीमलाई धन्यवाद दिँदै यो योजना सम्पन्न गर्न त्यस समुदायले सहयोग गर्नुपर्ने वताए । कार्यक्रममा वोल्दै जिडब्लुएसका फिदिमका प्रमुख सुवास थाम्सुहाङले जिल्लामा प्रत्येक वर्ष विद्यालयको भौतिक निर्माण तथा समुदायलाई सहयोग गर्दे आएको र यो योजनालाई पनि विब्यास समिती तथा समुदायले सहयोग गरेर समयमै भवन निर्माण गर्ने वताए । यो योजना सम्पन्न भएपश्चात विद्यार्थीको लागि कम्प्यूटर लगायत आवश्यक पर्ने भौतिक पूर्वाधारको विकाशमा सहयोग गर्ने उल्लेख गरे ।

यस्तै कार्यक्रममा वोल्दै नेपाल भूपू सैनिक संघ पाँचथरका जिल्ला अध्यक्ष थिर प्रसाद जवेगुले विद्यालयको भवन नभएर विद्यार्थी टहरामा बसेर अध्ययन गर्दा समस्या भएको भन्दै भवन निर्माणका लागि आफूहरुले सहयोग गरेको वताए । वेल्फेयरले ९३ लाख रुपैया र स्थानियले ९ लाख ४१ हजार रुपैयाको जनश्रमदान गरी कुल १ करोड २ लाख ४१ हजार रुपैयामा भवन निर्माण हुनेछ । ६ महिना सम्झौता अवधि रहेको उक्त भवन आगामी जेठ १५ भित्र बनाइसक्नुपर्ने छ । २ तले ८ कोठाको पक्की भवन निर्माण हुनेछ । गत ०६८ साल असोज १ गते आएको भुकम्पकको कारण यहाँको भवन भत्किएपछि विद्यार्थीहरु टहरामा वसी अध्ययन गर्ने गर्दछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ