arrow

हङकङमा इलाम समाजका तीन कृति लोकार्पण

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
ilam-bimochan.jpeg
काठमाडौं । इलाम समाज हङकङको संयोजनमा प्रकाशित तीन कृतिको हङकङमा लोकार्पण गरिएको छ । समाजद्वारा प्रकाशित स्मारिका-मुखपत्र ‘इलाम’, लेखक तथा पत्रकार सचित राईद्वारा लिखित खोजमूलक कृति ‘माङखिम’ र स्व. डिल्लीराम बाङदेलद्वारा लिखित काव्य कृति ‘म फूल हुँ’को लोकार्पण गरिएको हो । 
 
संस्थाकी उपाध्यक्ष दीपा एवाई राईका अनुसार हङकङको जोडनस्थित ‘नयाँ पेज’को कार्यालयमा समाजको पाँचौं अधिवेशन तथा पुस्तकलोकार्पण कार्यक्रम आयोजना गरिएको थियो ।समाजका सल्लाहकार शरण सुब्बाले ‘इलाम’,साब्लाबुङ’पत्रिकाका प्रकाशक-सम्पादक एवं नेपाली लेखक संघका वैदेशिक उपाध्यक्ष राजकुमार राईले ‘माङखिम’माथि समीक्षा गरेका थिए ।
 
कार्यक्रममा फियोना हङकङका अध्यक्षहीरामान राई, क्रिटिक्स सोसाइटी हङकङका संयोजक हेमकुमार लावती, किरात राई यायोक्खाका कुलपति शशीमदन राई,झापा मञ्च हङकङका अध्यक्ष छत्र सुब्बा, ‘माङखिम’ प्रकाशक प्रताप कोयू राईलगायतको उपस्थिति थियो ।
 
समाजको अधिवेशनलेबसन्त राई (विपिन)कै अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा पनि दीपा एवाई नै चयन भएकी छन् । त्यस्तै, सचिवमा सुरेश वनेम, सहसचिव राजेन्द्र राई, कोषाध्यक्ष प्रकाश मुखिया, सहकोषाध्यक्ष विनोद राई अनि सदस्यहरूमा सविता राई, तारा राई, योगिता गुरुङ, शरण सुब्बालगायत चयन भएको समाजले जनाएको छ ।सन् २००१ मा स्थापित यस संस्थाले हङकङमा रहेका इलामेलाई एकीकृत गर्दै गृहजिल्लाका सामाजिक-सांस्कृतिक गतिविधिमा साथ दिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ