arrow

सरकारको विकल्प खोज्ने बेला भएको छैनः सिटौला

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
Krishna-sitaula-1.jpg.jpeg
चितवन । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले सरकारको विकल्प खोज्ने बेला नभएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आइतबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयन र भूकम्प प्रभावितका लागि काम गर्नुपर्ने बेला भएकाले सरकारको विकल्प खोज्नेतर्फ लाग्न नहुने बताए । 

काँग्रेस अहिले सत्ताको खेलमा प्रवेश नगर्ने उल्लेख गर्दै महामन्त्री सिटौलाले संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । स्थानीय निकाय, प्रदेश, प्रतिनिधिसभा, राष्ट्रियसभा हुँदै नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नभएसम्म पहिलो चरणमा संविधानको कार्यान्वयन हुन नसक्ने भन्दै उनले यी सबै काम गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताए । 

महामन्त्री सिटौलाले भूकम्पपीडितको अवस्था दयनीय बन्दै गएको हुँदा त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।  काँग्रेस अहिले महाधिवेशनको तयारीमा जुटेको भन्दै उनले १३औँ महाधिवेशनले नयाँ दृष्टिकोण र विचार ल्याउने पनि बताए । पत्रकारको जिज्ञासामा महामन्त्री सिटौलाले आफ्नो उम्मेदवारीको विषय सार्वजनिक गर्ने समय नआएको बताए । उनले भने, “बोलेर पत्याउने समय आएपछि मात्र उम्मेदवारीको घोषणा गर्छु ।” 

मधेससी दलसँगको वार्ता छिट्टै सहमतिमा पुग्ने विश्वास व्यक्त गर्दै उनले सीमाङ्कनको विषय तत्काल टुङ्गिन नसक्ने बताए । राजनीतिक समिति बनाएर त्यहीँका जनताको राय÷सुझाव लिएर मात्रै सीमाङ्कन हेरफेर गर्न सकिने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ