arrow

‘सरकार छाड्ने हल्ला गलत’–प्रचण्ड

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
PRACHANDA_NEPAL_268477e.jpg.jpeg
विराटनगर । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले  सरकार छाड्ने हल्ला गलत रहेको भन्दै उनले बरु सरकारलाई अझ कसरी प्रभावकारी बनाउनेतर्फ पार्टी अग्रसर रहेको स्पष्ट पारेका छन् । अध्यक्ष दाहालले नाकाबन्दी कसरी हटाउने र मधेसी मोर्चासँगको वार्तालाई कसरी परिणाममुखी बनाउनेतर्फ मात्र ध्यान केन्द्रित रहेकाले सरकार ढाल्ने चर्चा सञ्चार क्षेत्रमा मात्र रहेको स्पष्ट पारे । 

मन्त्रिमण्डल विस्तार र मन्त्रालय विभाजनको सम्बन्धमा उनले भने “सरकारमा जाने बेलामा समझदारी भएको भए पनि अहिले नकारात्मक सन्देश गएको र एमाओवादीको तर्फबाट पनि राज्यमन्त्री थपिन सकिने सम्भावना छ ।”  प्रहरी र मधेसी मोर्चाको कार्यकर्ताबीच विराटनगरको रानी भन्सारनजिक शनिबार अपराह्न भएको झडपको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले झडपमा परी घाइते भएका मोर्चाका नेता राजेन्द्र महतोको स्वास्थ्यलाभको कामना गरे । 

उनले मधेस आन्दोलनको समस्या समाधानका लागि घनीभूत रुपमा छलफल भइरहेकाले चाँडै निकास निस्कने विश्वास व्यक्त गरे ।  विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको भेटघाटमा उनले मधेसी मोर्चासँग भइरहेको वार्ता सकारात्मक रूपमा अगाडि बढिरहेको र आइतबारबेलुकी हुने वार्ता परिणामुखी हुने सम्भावना रहेको जानकारी गराए । 

उनले संविधान संशोधन विधेयकलाई परिमार्जन गर्नुपर्ने मोर्चाको माग रहेकाले संसद्मा सैद्धान्तिक रुपमा छलफल हुने र संशोधन प्रस्तावको तयारीसमेत गर्न सुझाव दिइएको बताए । अध्यक्ष दाहालले भने, “संविधान संशोधन विधेयक परिमार्जन गरिएमा र संयन्त्र निर्माण गरी तीन महिनाभित्र सीमाङ्कनको विषयमा मोर्चा सुनिश्चितता गर्न सकिए वार्ता सफल हुनेछ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ