arrow

राजेन्द्र महतोको उपचारबारे सामाजिक संजालमा बहस, मधेसबाटै राेष

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
mahato-1.jpg.jpeg
काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले कुटपीट गरेर घाइते बनाएको भन्दै जनकपुर अशान्त छ । जनकपुरका विभिन्न स्थानमा मोर्चा कार्यकर्ताले लाठी र भाटे जुलुस निकालेका छन् । घाइते महतोको उपचारको विषयलाई लिएर सामाजिक संचालनमा समेत निकै टिका टिप्पणी भएका छन् । टाउकोमा चोट लागेको भनिएका महतो अवस्था सुधार भइसकेको छ । विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना भएका महतोको समर्थनमा जनकपुरका मोर्चा कार्यकर्ताले विरोध गरे । जनकपुरका सम्पूर्ण शिक्षण संस्था बन्द छन् । 
 
विराटनगरको रानी भन्सार अगाडि मालबाहक गाडीलाई अवरोध गर्न मधेसी मोर्चाका कार्यकर्तासहित शनिवार महतो धर्नामा थिए । महतोसहित धर्नामा  बसेका मोर्चा कार्यकर्तालाई प्रहरीले धर्नास्थलबाट हटाउन खोजेपछि झडप भएको थियो । झडपका क्रममा महतोलाई चोट लागेको हो । 
 
घटनाबारे विभिन्न टिका टिप्पणी भइरहेका छन् । सामाजिक संजाल फेसबुक र ट्वीटरमा महतोको उपचार भइरहेको तस्वीर पोष्ट गर्दै थुप्रैले टिप्पणी गरेका छन् । राजु नामबाट रिट्वीट भएको पोष्टमा ‘यति जाबो घाउलाई यत्रो उपचार, क्रान्ति भन्दै एम्बुलेन्स जलाउने र औषधि जलाउने तथा नाकामै औषधि रोक्ने यीनै हुन्’ उल्लेख छ । सो पोष्टमा रहेको तस्वीर उपेन्द्र महतोको फेसबुकबाट समावेश भएको छ । 
 
यसअघि, मोर्चा कार्यकर्ताले एम्बुलेन्सबाट विरामी झिकेर हत्या मात्रै गरेनन् । विरामी भित्रै राखेर तोडफोड र आगजी गरेका थिए । एम्बुलेन्समा अवरोध गर्दा केही विरामीको बाटैमा मृत्यु भएको थियो । औषधि बोकेका गाडीमा आगजनी र तोडफोड गर्ने कार्य समेत मोर्चाका कार्यकर्ताले गरेका थिए । उनीहरुले रोकेका औषधि र जलाएका औषधि अहिले उनीहरुलाई नै काम आएको भन्दै मानवीय संवेदनाबारे सामाजिक संजालमा बहस चलेको छ ।
 
कतिपयले पोष्टहरुबारे प्रतिक्रिया दिँदै यो महतोविरुद्धको आक्रोश नभई उनले गरेको अवरोध र निर्देश गरेको हिंसात्मक गतिविधिविरुछ कटाक्ष हो भनेका छन् ।  यस्तै, पर्साको परवानीपुरमा बिहानै कान्तिपुर पब्लिकेशनको गाडीमा भएको आगजनीको विषयमा टिप्पणी गर्दै भूषण यादवले ‘मधेसका मसिहाहरुले पर्साको परवानीपुरमा बिहानै कान्तिपुरको गाडी जलाए । मधेस विरोधी समाचार लेखेकोमा । कर्मचारीलाई कुटे’ भन्दै हिंसात्मक गतिविधिविरुद्ध रोष पोखेका छन् । 
 
मधेसकै नागरिकहरुले मधेस आन्दोलन खास अधिकारप्राप्तिका लागि नभएको भन्ने आवाज पटक–पटक उठाईरहेका छन् । यसअघि मधेसबाटै नेतृत्व गर्ने एमाओवादी नेता उमेश यादवले समेत मधेस आन्दोलन केही व्यक्तिको नीजि स्वार्थ भनेका थिए । 
नभन्दै मोर्चाभित्र अनेकथरी मतभेद सिर्जना भइसकेका छन् । मोर्चामा आवद्ध चारै घटकले फरक–फरक अभिव्यक्ति दिँदै आएका छन् । सद्भावना अध्यक्ष राजेन्द्र महतोले केन्द्र र मधेसमा दोहोरो आन्दोलन गरिरहेका छन् । महतोको हिंसा र सम्वाद दुबै रणनीति जारी छ । जसले उनीविरुद्ध मोर्चाका अन्य घटक असन्तुष्ट छन् । मधेस आन्दोलनले पिल्सएका मधेसी नागरिक सितलहर सुरु हुनै लाग्दा दोहोरो मारमा परेका छन् । जनजीवनकै विषयलाई लिएर अधिकांश मधेसबासी आजित छन् ।
     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ