बाजुरा । नेपाली कँग्रेस निकट नेपाल शिक्षक संघ बाजुराको अध्यक्षमा प्रेमराज पाध्याय निर्वाचित भएका छन् । बुधबार सार्वजनिक मत परिणाम अनुसार ५ सय १४ मतमध्ये २ सय ९३ मत प्राप्त गरी पाध्याय निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी अनोजराज गिरीले १९६ मत प्राप्त गरेका थिए ।
अधिवेशनबाट उपाध्यक्षमा भक्तरा जैशी २ सय १८ मतका साथ निर्वाचित भए । महिला उपाध्यक्षमा सत्य कुमारी थापाले २ सय ८६ मतका साथ विजयी भइन्। त्यस्तै सचिव पदमा विपिन विष्ट निर्वाचित भए । अर्थ सचिवमा भोजराज शर्माले विजयी भए ।
समावेशी तर्फ सहसचिव महिलामा सहमती भएको छ । सहमतिमा सुमित्रा खाती निर्विरोध निर्वाचित भइन् । सहसचिव समावेशीमा मनोज कुमार नेपाली रअर्जुन नेपाली निर्विरोध निर्वाति भए।
यसैगरी विष्णु पाध्याय निर्वाचित भए सदस्यको निर्वाचनमा प्रकाश थापा,मनरुप बोहरा,कर्ण बशादुर थापा र हिरा खड्का निर्वाचित भए । महिला सदस्यमा चिना देवी जोशी,कुन्तीदेवी थापा र राधादेवी भण्डारी निर्वाचित भए ।
प्रदेश पार्षदमा देवराज पाध्याय,मन बहादुर अयडी,नन्दलाल जैशी,मान बहादुर हमाल निर्विरोध निर्वाचित भएका छन्,भने महिला तर्फ तुला देवी गिरी र रिता सिंह निर्विरोध चयन भएकी छन् । सङ्घीय महाधिवेशनको ३ सिटमध्ये रतन बहादुर अयडी,गोकुल रोकाया र पदम बहादुर रावत निर्वाचित भएका छन् । महिला समावेशीमा तारा खाती (थापा ) र तुल्सा मल्ल निर्विरोध निर्वाचित भइन् ।
नेपाल शिक्षक संघ बाजुराको आठौं जिल्ला अधिवेशन २१ गतेबाट सुरु भएको थियो । आठौं जिल्ला अधिवेशन चार दिनपछि मात्र सम्पन्न भएको छ ।