arrow

अपाङ्ग महासंघको अध्यक्षमा सुबेदी, पोख्रेल र बान्तवा भिड्दै, को कति बलियो ?

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
nfdn_logo.jpg.jpeg

माधव चम्लागाई, काठमाडौ । राष्ट्रिय अपाङ्ग महासँघ नेपालको ७ औँ महाधिवेशन तथा १६ औँ साधारण सभा सुन्दर नगरी पोखरामा सुरु भएको छ । हिजोबाट सुरु भएको अधिबेशनमा आज मतदान भइरहेको छ । बिभिन्न पदका प्रत्यासीहरु चुनावमा होमिएका छन् । अधिवेशनलाई सूचना संचार तथा प्रबिधि मन्त्री शेरधन राईले आज उद्घाटन गर्नु भयो । देशभरबाट भेला भएका ३५० भन्दा बढी संस्थाका ६५० भन्दा बढी प्रतिनिधिहरु, शुभचिन्तक तथा पर्यवेक्षकहरुले पोखरामा भेला भएका छन् । ३४ जना निर्वाचितलाई यस अधिबेशनले छान्नेछ भने ५ जना मनोनित हुनेछन् । नयाँ नेतृत्वमा चुनिनको लागि राजनैतिक तहमा समेत लबिङ गरिरहेका छन् । आज उद्घाटन र बन्द सत्र हुनेछ भने भोली आइतबार मतदान हुनेछ । 

महासँघको अध्यक्षको प्रत्यासीको रुपमा बर्तमान अध्यक्ष सुदर्शन सुबेदी, पूर्व अध्यक्ष बिरेन्द्रराज पोख्रेल तथा पूर्वमहासचिब संजय बान्तवाले उम्मेदवारी घोषणा गरी प्रचार प्रसारमा लागिसकेका छन् । अध्यक्षका प्रत्यासीहरु उनीहरुका एजेण्डाका बारेमा के के भन्छन् त ? किन महासंघको नेतृत्व लिन चाहन्छन् ? चुनाव जित्ने आधारहरु के के छन् त ? जस्ता प्रश्नहरु उत्तर यसरी दिन्छन् ।

सुदर्शन सुवेदी

सुदर्शन सुवेदी राष्ट्रिय अपाङ्ग महासँघ नेपालका बर्तमान अध्यक्ष हुन् । अपाङ्गता भएका ब्यक्तिका शैक्षिक तथा अन्य अधिकार कानुनी रुपमा खोज्दै जाँदा होमिएका ब्यक्ति हुन् । अपाङ्गताका मुद्दालाई कानुनी मान्यता दिन लागिपर्दा पर्दै उनले अध्यक्ष पद जितेको बताउदछन् । मानव अधिकार र कानुनका जानकार उनी अपाङ्गताको सवालमा कानुनी लडाईले नै स्थापित बनाएको बताउदछन् । उनी अध्यक्ष भएको बेला संबिधान बन्ने प्रक्रिया अघि बढे पनि अपाङ्गता भएका ब्यक्तिको राजनैतिक अधिकार सुनिश्चित नहुने देखेर राजनैतिक लबिङको नेतृत्व गर्दै खटिरहे । राजनैतिक शिर्ष तहका नेता तथा मिडियाको घर दैलोमा नै पुगेर गरेको लबिङको महासंघले नेतृत्व गरेकै कारण राजनैतिक अधिकार केही भए पनि संबिधानमा सुनिश्चित गर्न सफल भए । यो उपलब्धीलाई उनको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धी भएको उनी बताउदछन् । राष्ट्रियसभामा नै भए पनि कोही न कोही यो समुदायबाट प्रतिनिधित्व हुने निश्चित भएकोमा उनी दंग छन् । उनी किन फेरी उम्मेदवार दिनुभएको भन्ने प्रश्नमा मेरो कार्यकालमा राजनैतिक अधिकार खोज्ने क्रममा अधिकाशं  समय लाग्नुपर्यो ।

केही राम्रा प्रयास थाले पनि पुरा हुन अझै समय लाग्ने देखिएकाले पनि मेरो उम्मेदवारी भएको सुवेदी बताउदछन् । अपाङ्गता भएका ब्यक्तिहरुमा पनि सवै भन्दा पछाडी परेका बर्ग बौद्धिक अपाङ्गता, मनोसामाजिक अपाङ्गता, अपाङ्गता भएका बालबालिकार महिला, अटीजम, हेमोफेलिया, डाउनसिन्ड्रोम, मस्कुलर डिस्ट्रोफी, सिकाई अपाङ्गता, श्रवणदृष्टिविहिन र बहुअपाङ्गताहरुका लागि मेरो उम्मेदवारी भएको उहाँको उनको दावी रहेको छ । उनीहरुको मुद्दाहरुमा पुरा ध्यान जाने उहाँले बताए  । पुर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यको सेवा सुबिधामा पहुँच पुर्याउने कार्यमा पुरा ध्यान लगाउने उनको दावी रहेको छ । महासँघको अगुवाईमा अपाङ्गता अधिकार ऐन संसदमा दर्ता भईसकेको तथा अन्य अधिकारको लागि समेत अझै धेरै गर्न बाकी रहेकोले तथा बिगतमा गरेको कामको मूल्याकन सबै क्षेत्रबाट हुने हुदा अध्यक्षमा  बिजयी सुनिश्चित रहेको उहाँले बताए । उनको प्यानलबाट बर्तमान महासचिव टिका दाहाल उपाध्यक्षमा उठ्ने निश्चित भैसकेको छ ।  बिगतमा गरेको कामको आधारमा हेर्ने हो भने सुवेदीलाई सर्वाधिक बलिया उम्मेदवारको रुपमा हेरिएको छ । बिरेन्द्र पोख्रेल र संजय बान्तवा दुबै जना छुट्टीएर उठेका कारण समेत सुबेदीलाई फाइदा पुग्ने अनुमान गरिएको छ ।

बिरेन्द्र पोख्रेल

बिरेन्द्र पोख्रेल महासंघको दुई कार्यकाल अध्यक्ष भैसकेका ब्यक्ति हुन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय परिबेशको राम्रो ज्ञान भएकोले नै मैले पुन: अध्यक्षको प्रत्यासी भएको उनको दावी रहेको छ । दुई कार्यकाल काम गर्दा धेरै काम गरेको उनको दावी रहेको छ । समावेसी आरक्षणको ब्यवस्था भएको, अहिले पनि अपाङ्गता समुहलाई राजनैतिक अधिकारमा पछि पारेको, यस क्षेत्रकका समुदायको जीवनस्तर सुधार्न धेरै गर्नु पर्ने भएकोले पनि उम्मेदवारीको प्रत्यासी भएको उनको दावी रहेको छ । सबै क्षेत्रका अपाङ्गता भएका ब्यक्तिहरुले सहयोग गर्ने तथा उम्मेदवारीमा उत्साहित भएको उनी बताउछन् ।

वर्तमान अध्यक्षसग प्रतिश्पर्धा भए पनि जीत निश्चित रहेको उनको दावी रहेको छ । मानवअधिकार संरक्षण तथा महासंघलाई संस्थागत गर्दै लैजाने उनको दावी रहेको छ । सबै क्षेत्रका अपाङ्गता भएका ब्यक्तिको अधिकारको लागि लड्ने उनी बताउदछन् । २ कार्यकाल गर्दा गर्न नसकेका धेरै काम बाकी रहेकोले अझ एक पटक अध्यक्ष भएर बाकी काम गर्ने उनी बताउदछन् । उनको प्यानलबाट राम प्यारी कार्की उपाध्यक्षमा उठ्ने निश्चित भएको छ । दुई पटक अध्यक्ष भए सकेका ब्यक्ति पोख्रेललाई धेरैले राम्रै मन्दै आए पनि संजय बान्तवाको उम्मेदवारीले ठुलो घाटा हुने अनुमान गरिएको छ ।

संजय बान्तवा

संजय बान्तवा लामो समय राष्ट्रिय अपाङ्ग महासँघ नेपालमा काम गरिसकेका ब्यक्ति हुन । उहाले महासचिव तथा कोषाध्यक्षमा गरी १४, १५ बर्षसम्म नेतृत्व गरिसकेका छन । ह्वीलचियर प्रयोग गर्ने बान्तवा संस्थागत बिकासको लागि मेरो उम्मेदवारी भएको बताउनुहुन्छ । उहाले प्रत्यासी बिरेन्द्र पोख्रेल दुई पटक अध्यक्ष भैसकेको तथा सुदर्शन सुबेदी समेत एक पटक अध्यक्ष भैसकेकोले उनीहरु गरेको काम हेरेर पनि अव नयाँ नेतृत्वमा म आएकोले जित्ने बताए । अपाङ्गता भित्र पनि अति अपाङता भएका ब्यक्तिहरुको अवस्था कमजोर रहेको छ उनिहरुको लागि पनि मेरो उम्मेदवारी रहेको बान्तवाको दाबी रहेको छ ।

सबैलाई समेटेर टिम बनाइरहेको छु । त्यसैले बिगतमा रहदा पनि धेरै काम गरेको छु । महासंघलाई साझा बनाउन पनि मेरो उम्मेदवारी रहेको बान्तवाको दावी रहेको छ । उनको प्यानलबाट उपाध्ययमा रमा ढकाल उठ्ने निश्चित भएको छ । पूर्व महासचिव बान्तवा सुबेदी र पोख्रेल भन्दा कमजोर उम्मेदवारको रुपमा हेरिएको छ । उनको उम्मेदवारीले पोख्रेललाई घाटा तथा सुबेदीलाई फाइदा हुने अनुमान धेरैले गरेका छन् । उनीले जित्ने भन्दा पनि पोख्रेलको भोट काट्ने अनुमान धेरैको छ ।

यो समाचार तयार पार्दा उम्मेदवार दिनको लागि मनोनयन पत्र लिने काम भैरहेको छ । पदाधिकारीहरुको मुख्य पदहरुमा गोलाप्रथाबाट छान्दा बौदिक अपाङ्गता भएका ब्यक्तिहरुले महासिचव, बहिरा ब्यक्तिहरुले कोषाध्यक्ष, दृष्ट्रबिहिनहरुले सचिव, बरिष्ठ उपाध्यक्षमा शारीरिक अपाङ्गता भएका ब्यक्ति, महिला उपाध्यक्षमा खुल्लाबाट मात्र उम्मेदवारी दिन पाउने छन् । साथै अन्यमा पनि अपाङ्गता भएका ब्यक्तिहरु समुहहरुलाई कोटा छुट्याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ