arrow

संजयले गठन गरे नेपाल माऊन्टेन रनिङ्ग संघ

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
nmra.jpeg
काठमाडौं ।  लामो दुरीका धावक तथा विश्व पर्बतारोहि संजय पण्डितको अगुवाइमा बिहाबार  नेपाल माऊन्टेन रनिङ्ग संघ गठन गरिएको छ |  संघको अध्यक्षमा संजय पण्डित ,बरिष्ठ उपाध्यक्षमा नेपालको एथलेटिक्स इतिहासमा पहिलो पदक बिजेता खेलाडी जीत बहादुर के सी ,उपाध्यक्षहरुमा सम्पन्न श्रेष्ठ ,प्रनिर अधिकारी ,करन बिस्ट,मधु घोरासैनी महासचिबमा मन बहादुर के सी ,सचिबमा शिव कुमार पण्डित ,सह सचिबमा पदम लाल सापकोटा ,कोषाध्यक्षमा कन्चन थापा रहेका छन् । 
 
त्यस्तै  सदस्यहरुमा श्रीजना सुबेदी ,विकास गिरि,गोबिन्द राज पण्डित ,ज्ञानेन्द्र खड्का ,राम उप्रेती ,केशब रायमाझी ,मदन कुइकेल ,अनिश खड्का र रिखि राम पोख्रेल सहित १९ सदस्यीय समितीको गठन भएको छ |   
विश्वको सर्वोच्च सिखर सगरमाथा सहित ठुला ठुला हिमाल पहाड भएको देशमा पर्वतीय दौडको धेरै स्कोप भएको कारणले अल्ट्रा ट्रेल  साहषिक तथा लामो दुरीको पहाडी दौडमा सोख भएका धाबक धाविकाको लागि यो निकै उपयोगी हुने कुरा नबनियुक्त अध्यक्ष पण्डितले  दाबी  गरे |
 
 उत्कृष्ट माऊन्टेन धाबक धाविकाले वोर्ल्ड माऊन्टेन रनिंग चेम्पेंनशिप ,इन्टरनेसनल माऊन्टेन रनिंग युथ कप ,वोर्ल्ड लंग   डिस्टेंन्स माऊन्टेन रनिंग चेम्पेंनशिप ,मास्टर्स  वोर्ल्ड माऊन्टेन रनिंग चेम्पेंनशिप,वोर्ल्ड कप  माऊन्टेन रनिंग चेम्पेंनशिप जस्ता दर्जनौ प्रर्तिस्पर्धामा सहभागिता जनाउने अवसर मिल्ने छ | यो नेपालको पर्वतीय साहषिक अल्ट्रा ट्रेल सम्बन्धि आयोजना गर्ने  पहिलो राष्ट्रिय संघ हो | 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ