arrow

संसारप्रति फरक दृष्टी देखाउने उप्रेतीको पुस्तक “द एज् अफ एन एज”

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
the-age-of-an-edge.jpg.jpeg
काठमाडौं। संसारका विभिन्न विषयमा फरक दृष्टी देखाउने मित्र प्रसाद उप्रेतीको पुस्तक “द एज् अफ एन एज”प्रकाशमा आएको छ। साहित्यकार तथा लेखक प्राध्यापक डा अभि सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती गंगा प्रसाद उप्रेती, आनन्द आदित्य लगायतका प्राज्ञ, साहित्यकार, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा बालबालिकाहरुले उप्रेतीको पुस्तक विमोचन गरेका हुन्। 
 
अँग्रेजी भाषामा प्रकाशनमा ल्याइएको उप्रेतीको पुस्तकले विश्वब्यापी समस्या, प्रविधीको अनियन्त्रित बिकास, लागुऔसध, हिंसा, वातावरणिय बलात्कार र परम्परावादी तथा गल्तिका क्षेत्रहरु अनि महारोगबारे चर्चा गरेको छ। यसका साथै आध्यात्मिक र शारिरिक क्रमका बारे जानकारी दिनुका साथै सामाजिक संरचना र भावनात्मक एवं मनोबैज्ञानिक संकेतकाबारे पनि पुस्तकले जानकारी गराएको छ। 
 
शिक्षामा शान्ति, समृद्धी र प्रगतीले वातावरण र बिकासलाई साथसाथै लाने र एक अर्काका परिपुरक भएको चर्चा गरिएको पुस्तकमा लेखकका १२ निबन्ध, ४२ कविता र २६ निबन्धका निचोडहरु रहेका छन्। पेशाले ३० बर्षसम्म सरकारी इन्जिनियर सेवामा रहनुभएका उप्रेतीले ९० को दशकदेखि सन् २०००का शुरुवाती केहि बर्षसम्म समसामयिक बिषयका लेखनमा लाग्नुभएको थियो। 
 
पुस्तक विमोचन कार्यक्रममा प्राध्यापक सुवेदीले नेपाली लेखकले अँग्रेजीमा लेखेको अर्को उत्कृष्ट कृतीको रुपमा नेपालमा मात्र हैन अन्यत्र पनि उप्रेतीको पुस्तक पढिने विश्वास व्यक्त गर्नुभयो। प्रविधी, मानवता, चेतना, द्धन्द लगायतका बिषयमा उप्रेतीले पुस्तकमा उत्कृष्ट शैलीमा चर्चा गरेका छन। हरेक गम्भिर विषयलाई कथानक बनाएर पात्रको माध्यमबाट संवादको शैलीमा लेख्ने उप्रेतीको शैलीको सुवेदीले प्रशंसा गर्नुभयो। 
 
नेपालीका अलावा अँग्रेजी र रसियन भाषामा समेत लेख्ने उप्रेतीले विगत ८ बर्षदेखि जलविन्दुका कारण दृष्टी क्षमता गुमाउनुभएको छ। दृष्टी क्षमता गुमाएपनि उप्रेतीले पाउनुभएको उत्कृष्ट पारिवारिक वातावरण कृति विमोचन गर्ने कार्यक्रममा पनि झल्किन्थ्यो। उनकै छोरी शान्तिले बनाएको चित्र उप्रेतीको पुस्तकको कभरपेज बनाइएको छ। सो कभरपेजको पनि कार्यक्रममा धेरै सह्राना गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ