arrow

जनकपुरमा झडप, प्रहरीद्वारा १३ सेल अश्रु ग्याँस प्रहार

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
Janakpur.jpg.jpeg
काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष तथा मधेसी मोर्चाका नेता राजेन्द्र महतो विराटनगरको रानी भन्सारमा प्रहरीबाट कुटिएको विरोधमा जनकपुरको रामचौंकमा मोर्चाका कार्यकताहरुले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो । झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ सेल अश्रु ग्याँस प्रहार गरेको थियो ।

महतो कुटिएको विरोधमा आइतबार बिहानैदेखि जनकपुरको चोक चोकमा मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए ।विराटनगरको रानी भन्सार अगाडि मालबाहक गाडीलाई अवरोध गर्न मधेसी मोर्चाका कार्यकर्तासहित शनिवार महतो त्यहाँ धर्नामा थिए।

उनीसहित त्यहाँ बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई धर्नास्थलबाट हटाउन खोजेपछि झडप भएको थियो । झडपका क्रममा उनको टाउकोमा चोट लागेको थियो।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ