arrow

बोक्सीको आरोपमा दम्पतीमाथि कुटपिट

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
Dang-दाङ.jpg.jpeg
दाङ । दाङमा एक वृद्ध दम्पति माथि बोक्सीको आरोपमा कुटपिट भएको छ । जिल्लाको रामपुर गाविस वडा नम्बर ८ काँडाखुट्टीका ५८ वर्षीय मनिराम कंवर र उनकी श्रीमती ५० वर्षीया हुमा कंवरलाई उनको भाई बुहारी नाता पर्नेले बोक्सीको आरोपमा कुटपीट गरेका हुन ।

आफ्नो बुवा ८२ वर्षीया हिराबहादुर कंवर डेढ वर्ष पहिले हराएपछि खोजतलास गर्नुको साटो टुनामुना लगाएर बेपत्ता बनाएको भन्दै आफूहरुलाई भाईका श्रीमतीहरु खिमा कंवर र रेखा कंवरले निरन्तर यातना र कुटपिट गर्दै आएको मनिरामले बताए । हराएका आफ्ना हिराबहादुरको खोज अनुसन्धानका लागि अहिलेसम्म पनि प्रहरीमा जाहेरी दिईएको छैन ।

हिराबहादुर माथि टुनामुना गरेर घरबाट बेपत्ता बनाएको भन्दै श्रीमती हुमालाई एक वर्ष पहिले पनि बोक्सीको आरोपमा कुटपिट गरेको मनिरामले बताए । त्यतिबेला घरको झगडा भन्दै प्रहरी मार्फत मिलापत्र भए पनि पटक पटक बोक्सीको आरोपमा फेरी कुटपिट भएको हो ।  

कुटपीटबाट हुमा घाईते भएकी छन् । श्वास फेर्न गाह्रो हुने, ढाड दुख्ने समस्या देखिएको पीडितले बताईन् । दोषी माथी कार्बाही नहुँदा आफूहरु माथी पटक पटक लाञ्छना र कुटपिट हुदै आएकाले गाउँमा बस्न सक्ने अबस्था नरहेको मनिरामले बताए ।

आफू माथी अन्याय भएको भन्दै दोषीलाई कार्बाहीको लागि स्थानिय प्रहरी प्रशासनलाई अनुरोध गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ