arrow

दुई वर्षमा एक नम्बरको पार्टी बनाउँछु–अध्यक्ष दाहाल

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
PRACHANDA_NEPAL_268477e.jpg.jpeg
विराटनगर । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान विश्वको उत्कृष्ट संविधानमध्ये एक रहेको बताएका छन् । अखिल (क्रान्तिकारी) मोरङको १४औँ जिल्ला सम्मेलनको आइतबार विराटनगरमा उद्घाटन गर्दै उनले मधेसी, थारुलगायत समुदायको जायज माग संविधानमा समावेश गर्न वार्ता जारी रहेको बताए ।

सङ्घीय संविधान जारी भएपछि मुलुकमा सामन्तवादको अन्त्य भएको उल्लेख गर्दै अध्यक्ष दाहालले सामन्तवादका अवशेषलाई समाप्त पार्न अग्रसर भएर लाग्नुपर्नेमा जोड दिए । उनले मुलुक अप्ठ्यारो अवस्थामा रहेको समयमा हजारौँ सहिद, बेपता र सहिद परिवारलाई सम्झेर तेस्रो पार्टी भए पनि नेतृत्वदायी भूमिका खेलेर संविधान जारी गरिएको बताए । 

पार्टीलाई दुई वर्षको अवधिमा एक नम्बरको पार्टी बनाउने उद्घोष गर्दै अध्यक्ष दाहालले यसका लागि विद्यार्थीको पनि सहयोग आवश्यक रहेको उल्लेख गरे । उनले पार्टी पुनःनिर्माणका लागि आउँदो १५ गतेदेखि अभियान सुरु गर्ने जानकारी गराए । उनले समाजवादी क्रान्तिलाई नयाँ उत्साहका अगाडि बढाउने र आर्थिक क्रान्तिमार्फत मुलुकलाई आत्मनिर्भर बनाउन एकजुट भएर लाग्नुपर्ने धारणा प्रकट गरे । नाकाबन्दी चाँडै अन्त्य हुने उल्लेख गर्दै अध्यक्ष दाहालले अब देशलाई आत्मनिर्भर बनाउन आफ्नै खनिज पदार्थ उत्खनन् गर्नेतर्फ जोड दिनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ