arrow

संसद बैठक स्थगित, कोरम नपुग्दा संविधानको पहिलो संशोधन विधेयक पेश हुन सकेन

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
sansad-@@@.jpg.jpeg
काठमाडौं । मधेसी मोर्चा आवद्ध दलहरुको विरोधबीच संचालन भएको संसद बैठक सोमबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ । आवश्यक सदस्य संख्या (कोरम) नपुगेपछी संविधानको पहिलो संशोधन विधेयक पेश हुन सकेन ।  प्रस्ताव पेश गर्न कम्तिमा एक चौथाई एक सय ४९ सांसद उपस्थित हुनुपर्दछ । समामुखले घण्टी बजाउँदा एक सय २४ सांसदहरुमात्रै उपस्थित थिए ।
 
बैठकमा संविधान संशोधन विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची थियो । मोर्चा संवद्ध सांसदले मधेसको माग सम्बोधन गर्नुपर्ने भन्दै नाराबाजी गरेपनि सभामुख ओनसरी घर्तीले संसद बैठकको कारबाही अघि बढाएकी थिइन् । बैठकको विशेष समयमा बोल्ने सांसदहरुले सरकार र सरकाले गरेको मन्त्रिमण्डल विस्तारको चर्को आलोचना गरे । 
 
विशेष समय अघि गृहमन्त्री शक्ति बस्नेतले जनजीविकाबारे खासै उल्लेख नगरी मधेस आन्दोलनमा सरकारले अपनाएको रणनीति र जनकपुर घटनाका दोषीलाई कारबाही गर्न समिति गठन भएको बारे जानकारी गराए । मन्त्री बस्नेतले गृहमन्त्रालयका सह–सचिवको नेतृत्वमा समिति गठन भएको बताए । राम जानकी विवाह महोत्सवमा जनकपुर जाँदा राष्ट्रपति विद्याभण्डारीलाई दुव्र्यवहार गर्नेलाई कारबाही गर्न लागिएको मन्त्री बस्नेतले सुनाए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ