काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदै गरेको खेलमा वर्षाले भिलेन खेलेको छ ।
शुक्रबार दिउँसोदेखि निरन्तर वर्षा भइरहँदा आज यो खेल हुने सम्भावना कमजोर बन्दै गएको छ । बिहान ९ः१५ बजे वर्षा रोकिएपछि मैदानको कभर हटाइए पनि तत्काल पुनः सिमसिम पानी बर्सिएपछि खेल हुनेमा शंक बढेको छ ।
आज र सोमबार खेल हुनुपर्नेमा आजको खेल रद्द हुने सम्भावना बढेको छ । आठ टोली सहभागी प्रतियोगिताका शीर्ष चारमा पुग्ने टिमले विश्वकप छनोट खेल्न पाउने भएकाले ६ अंकसहित छैटौं स्थानमा रहेको नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । त्यस्तै केन्या ८ अंकसहित पाँचौं स्थानमा छ ।
विश्व क्रिकेट बरियतामा नोपल १८औं स्थानमा रहेको छ भने केन्या १७औं स्थानमा रहेको छ।