arrow

नेपाल र केन्याबीचको क्रिकेट, एक्कासी घाम लाग्दा खेल हुने आशा, दर्शक ओइरिंदै

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
cricket-nepal-kenya.jpeg
काठमाडौं । नेपाल र केन्याबीचको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको पहिलो खेलमा वर्षा बाधक बने पनि एक्कासी घाम लागेपछि खेल हुने सम्भावना बढेको छ ।
 
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि नै खेल हुनुपर्नेमा वर्षाले खेल हुन नसके पनि १०ः०० बजे एक्कासी घाम लाग्दा केही राहत महसुस भएको छ ।
 
त्यस्तै दर्शकको संख्या पनि उल्लेख्य हुँदै गएको छ । ११ हजार बढी टिकट बिक्री भए पनि झण्डै तीन हजारको संख्यामा दर्शकहरु बिहानै कीर्तिपुर पुगेर हुटिङ गर्न सक्रिय छन् । 
 
घाम लागे पनि मैदानको आउटफिल्ड सुक्न भने केही समय लाग्ने नै छ । तर मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसोपछिमात्र मौसममा सुधार हुने बताइरहँदा फेरि वर्षा हुने सम्भावना कायमै छ ।
 
तर दर्शक भने पूर्ण विश्वासका साथ खेल हेर्न आएका छन् । 
 
आज र सोमबार गरी दुई खेल खेल्न केन्या नेपाल आएको हो । शीर्ष चारभित्र अटेर विश्वकप छनोटमा छानिन पनि नेपाललाई यो खेल जित्नैपर्ने छ । वर्षाले खेल हुन नसके सबैभन्दा बढी घाटा नेपाललाई हुनेछ । 
 
आठ टोली सहभागी प्रतियोगिताका शीर्ष चारमा पुग्ने टिमले विश्वकप छनोट खेल्न पाउने भएकाले ६ अंकसहित छैटौं स्थानमा रहेको नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । त्यस्तै केन्या ८ अंकसहित पाँचौं स्थानमा छ ।
 
 



नयाँ