arrow

नेपाल र केन्याबीचको क्रिकेटः पारस, अविनाश र आरिफ बाहिरिए

सुनील, दीपेन्द्र र महेबुब टिममा

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
cricket-nepal-2.jpeg
काठमाडौं । नेपाल र केन्याबीचको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको पहिलो खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ । खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
 
सो खेलमा नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका छन् । कप्तान पारस खड्का, अविनाश कर्ण र आरिफ शेख भने बाहिरिएका छन् । पारसको यसै महिनाको सुरुमा पेटको शल्यक्रिया भएको थियो । उनी अभ्यास खेलका लागि भारत पनि गएका थिएनन् । 
 
यसैबीच युवा खेलाडी सुनील धमला र दीपेन्द्र सिंह ऐरीले यसै खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका छन् भने पुराना खेलाडी मेहबुब आलम टिममा फर्केका छन् । वर्षाले गर्दा ढिला गरी सुरु भएको खेल ३८ ओभरमा झारिएको छ । 
 
बिहान ९ः१५ देखि हुनुपर्ने खेल वर्षाले गर्दा ढिला गरी सुरु भएको हो । दर्शक भने बढ्दै गएका छन् । ११ हजार बढी टिकट बिक्री भएको जनाइएको छ । 
 
मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसोपछिमात्र मौसममा सुधार हुने बताइरहँदा फेरि वर्षा हुने सम्भावना टरेको छैन ।
 
आज र सोमबार गरी दुई खेल खेल्न केन्या नेपालमा आएको हो । शीर्ष चारभित्र अटेर विश्वकप छनोटमा छानिन पनि नेपाललाई यो खेल जित्नैपर्ने छ ।
 
वर्षाले खेल हुन नसके सबैभन्दा बढी घाटा नेपाललाई हुनेछ । आठ टोली सहभागी प्रतियोगिताका शीर्ष चारमा पुग्ने टिमले विश्वकप छनोट खेल्न पाउने भएकाले ६ अंकसहित छैटौं स्थानमा रहेको नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । त्यस्तै केन्या ८ अंकसहित पाँचौं स्थानमा छ ।
 
 



नयाँ