arrow

सशस्त्र प्रहरीका तीन पूर्व महानिरिक्षक अख्तियारमा, धरौटी नबुझाए थुनामा पर्ने

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
APF.gif.gif
काठमाडौं । नक्कली विल भरपाई बनाएर अनियमितता गरेको आरोपमा सशस्त्र प्रहरीका तीन पूर्व महानिरिक्षक बयानका लागि अख्तियारमा हाँजिर भएका छन् । अख्तियारको पत्राचारमा बयान दिन जाने पूर्व सशस्त्र महानिरिक्षक सनत बस्नेत, शैलेन्द्र कुमार श्रेष्ठ र बासुदेव ओली छन् । उनीहरुलाई फर्जि कागजात बनाएकोबारे अख्तियारले बयानका लागि पत्राचार गरेको थियो । बयानका क्रममा अख्तियारले तीनैजनासँग धरौटी मागेको छ । धरौटी नबुझाए तीनै जना थुनामा पर्ने छन् । 
 
यसअघि, निवर्तमान सशस्त्र प्रहरी महानिरिक्षक कोषराज वन्तले अख्तियारमा पुगेर १० करोड धरौटी तिरेका थिए । अख्तियार प्रवक्ता कृष्णहरी पुस्करले अख्तियारले कसैलाई नछोड्ने बताए पनि कानुनविद्हरुले अख्तियारले ठूलो भ्रष्टाचार गर्नेलाई उम्काउन अख्तियार नीति मिचिरहेको आरोप लगाएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ