arrow

नेपालको विकेट झर्ने क्रम रोकिएन, ७३ रन जोड्दा ७ विकेट, दीपेन्द्र पनि झरे

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
dipendra.jpeg
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको पाँचौं चरणको पहिलो खेलमा केन्या विरुद्ध नेपालले लगातार विकेट गुमाएको छ । नेपालले २७ ओभरमा ७३ रन जोड्दा सातौं विकेट गुमाएको छ ।
 
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले सातौं विकेटका रुपमा डेब्यु खेलाडी दीपेन्द्र सिंह ऐरीलाई व्यक्तिगत १९ रनमा गुमाएको छ । 
 
छैटौं विकेटका रुपमा मेहबुब आलमलाई २ रनमा गुमाएको छ । 
 
पाँचौं विकेटका रुपमा विनोद भण्डारीलाई व्यक्तिगत ४ रनमा गुमाएको छ । 
 
त्यस्तै चौथो विकेटका रुपमा शरद भेषवाकरलाई व्यक्तिगत ३ रनमा गुमाएको छ । शरदले १७ बल खेल्दा मात्र ३ रन बनाएका हुन् । 
 
त्यस्तै तेस्रो विकेटका रुपमा सागर पुनलाई २३ बलमा व्यक्तिगत १० रनमा गुमाएको हो । नेपालले दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई व्यक्तिगत २७ रनमा गुमायो । 
 
उनले ५ चौकाको मद्धतले ३५ बलमा २७ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले राष्ट्रिय टिमका लागि डेब्यु गरेका २२ वर्षे युवा सुनील धमलालाई व्यक्तिगत ३ रनमा गुमाएको थियो । 
 
दीपेन्द्र सिंह ऐरी छन् । ऐरीले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । 
 
यता, कप्तान पारस खड्का, अविनाश कर्ण र आरिफ शेख भने बाहिरिएका छन् । पारसको यसै महिनाको सुरुमा पेटको शल्यक्रिया भएको थियो । उनी अभ्यास खेलका लागि भारत पनि गएका थिएनन् । 
 
यसैबीच युवा खेलाडी सुनील धमला र दीपेन्द्र सिंह ऐरीले यसै खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका छन् भने पुराना खेलाडी मेहबुब आलम टिममा फर्केका छन् । वर्षाले गर्दा ढिला गरी सुरु भएको खेल ३८ ओभरमा झारिएको छ । 
 
बिहान ९ः१५ देखि हुनुपर्ने खेल वर्षाले गर्दा ढिला गरी सुरु भएको हो । दर्शक भने बढ्दै गएका छन् । ११ हजार बढी टिकट बिक्री भएको जनाइएको छ । 
 
मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसोपछिमात्र मौसममा सुधार हुने बताइरहँदा फेरि वर्षा हुने सम्भावना टरेको छैन ।
 
आज र सोमबार गरी दुई खेल खेल्न केन्या नेपालमा आएको हो । शीर्ष चारभित्र अटेर विश्वकप छनोटमा छानिन पनि नेपाललाई यो खेल जित्नैपर्ने छ ।
 
वर्षाले खेल हुन नसके सबैभन्दा बढी घाटा नेपाललाई हुनेछ । आठ टोली सहभागी प्रतियोगिताका शीर्ष चारमा पुग्ने टिमले विश्वकप छनोट खेल्न पाउने भएकाले ६ अंकसहित छैटौं स्थानमा रहेको नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । त्यस्तै केन्या ८ अंकसहित पाँचौं स्थानमा छ ।
 



नयाँ