arrow

केपी ओली आफैले सरकार चलाउन नसकेर छाड्ने पौडेलको दावी

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
ramchandra-poudel-shyanja-npu-press-meet.jpg.jpeg
श्रीकृष्ण सिग्देल, स्याङ्जा। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेकपा एमालेको नेतृत्वमा रहेको सरकार आफै ढल्ने बताएका छन्। नेपाल प्रेस युनियन स्याङ्जाले आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले मुलुकले धान्नै नसक्ने गरी उपप्रधानमन्त्री र मन्त्री थप्ने कामले सरकार छिटै ढल्ने बताएका हुन्। 
 
मुलुकमा भुकम्पले बनाएको समस्या र मधेशवादीहरुको आन्दोलन तर्फ केन्द्रीत हुनुपर्नेमा जम्वो मन्त्रीमण्डल र मन्त्रालय फोर्ने काममा सरकार लागेकाले यो सरकारका दिनगन्ती शुरु भएको नेता पौडेलको भनाई छ। काँग्रेसको महाधिवेसन नजिकिदै गर्दा देश दौडाहामा निस्किएका नेपाली काँग्रेसका उपसभापति पौडेलले काँग्रेस सरकार ढाल्ने पक्षमा नरहेको उल्ललेख गर्दै केपी ओली आफैले सरकार चलाउन नसकेर छाड्ने बताए। 
 
तराइमा देखिएको समस्याका बारेमा वोल्दै नेता पौडेलले सदन र सरकाबाट मात्रै समस्या समाधान हुने जिकिर गरे । काँग्रेसले पेश गरेको संविधान संशोधनकै प्रस्ताव मधेशको समाधानको माध्यम भएको उल्लेख गर्दै नेता पौडेलले आन्दोलनरत मधेशवादी दललाई वार्तामा वसेर समस्याको समाधान खोज्न आग्रह गरेका छन् । 
 
“मधेशवादी दलले गरेको आन्दोलनले जनतालाई सास्ती भैरहेको छ” उपसभापति पौडेलले भने, “जनतालाई दुख दिएर गरिएको आन्दोलनबाट निकास निस्किदैन त्यसैले वार्तामा बसेर अहिलेको समस्याको समाधानतर्फ लाग्नु उचित हुनेछ ।” नेता पौडेलले अहिलेको संविधानले सवै पक्षको हक र अधिकारलाई सुनिश्चित गरेको दाबी गरे । 
 
“संविधानले उल्लेख गरेका उपलब्धीहरुलाई रक्षा गर्नु सबैको दायित्व हो।”उपसभापति पौडेलले भने “यदि नसमेटिएका कुराहरुको माग गर्नुपर्ने भए संविधान संशोधन गरेर गर्न सकिने छ जस्कालागि संसद र वार्तामा बस्नु आवश्यक छ।” 
 
सरकारको पछिल्लो क्रियाकलापका बारेमा संचारकर्मीहरुले सोधेको प्रश्नमा अहिलेको सरकारले जु्न अपेक्षा अनुसार काम गर्नुपथ्र्यो त्यो अनुसार अगाडि बढ्न नसकेको उपसभापति पौडेलले बताए । 
 
काँग्रेस नेता कार्यकर्ताहरुको आम चाहना आँफूलाई पार्टीको सभापति हुनुपर्ने भन्ने चाहना भएकाले आगामी १३ औं महाधिबेशनबाट त्यसको जिम्मेवारी लिन तयार भएको बताउँदै नेता पौडेलले त्यसकालागि पार्टीभित्र केही औपचारिक काम भने गर्न बाँकी रहेको धारणा ब्यक्त गरे।  
 
प्रेस युनियन स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल र सचिव तोलाकान्त वगालेले लोकतान्त्रिक आन्दोलनमा मुख्य भुमिका निभाएको काँग्रेसले प्रतिपक्षमा बसेर पनि भुमिका निर्वाह नगरेकोमान दुःख व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ