arrow

जेसिजको मतदान सुरु; अध्यक्षका लागि ४ जनाको उम्मेदवारी दर्ता

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
jcsss.jpg.jpeg
ईश्वरदत्त बडू, महेन्द्रनगर। नेपाल जेसिजको ४२ औं महाधिवेशनमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । बुटबलका जगतबहादुर पोखरेल, पोखराका संगीता शर्मा, टंकी सिनवारीका रिता न्यौपाने, त्रिभुवननगरका निशान्त आचार्यले उम्मेदवारी दिएका छन् ।
 
जेसिजको कार्यकारी उपाध्यक्षमा ४ पदका लागि १२ जनाको उम्मेदवारी परेको छ । सुदूरपश्चिमका धनगढी जेसिजबाट पदमबहादुर सिंहले कार्यकारी उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय उपाध्यक्षमा १२ पदका लागि २४ जनाको उम्मेदवारी परेको निर्वाचन आयुक्त सुशिलवाबु श्रेष्ठले जानकारी दिनुभयो ।
 
विद्युतीय भोटिङ मेसिनबाट साढे ८ बजेदेखि मतदान हुने र साढे ११ बजेसम्म नतिजा प्रकाशन हुने श्रेष्ठले बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ